सप्तरीमा थप एक प्रहरीसहित ९ जनामा देखियो कोरोना संक्रमण

सप्तरीमा थप एक प्रहरीसहित ९ जनामा देखियो कोरोना संक्रमण

राजविराज : सप्तरीमा बिहीबार एक प्रहरीसहित ९ जनामा कोरोना संक्रमण देखिएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा बोदेबर्साइन नगरपालिकाका ३ जना र हनुमाननगर कंकालिनी नगरपालिकाका ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

स्वास्थ्य कार्यालयका वरिष्ठ मलेरिया इन्स्पेक्टर नारायणप्रसाद राउत बरैले बोदेबर्साइन नगरपालिका ५ मा २२ र ३५ वर्षीय तथा वडा नम्बर ९ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिए । 

यस्तै बोदेबर्साइन नगरपालिका ५ स्थित चन्द्रा माध्यमिक विद्यालयमा संक्रमण पुष्टि भएका २२ वर्षीय पुरुष प्रहरी हुन् । क्वारेन्टाइनको सुरक्षार्थ खटिएका प्रहरी सिरहाको सुखीपर-१० का बासिन्दा हुन् । अन्य २ जना भारतको दिल्ली र चण्डीगढबाट आएको स्वास्थ्य संयोजक बैद्यनाथ साहले बताए ।

यो सहित संक्रमित हुने प्रहरीको सङ्ख्या ३ पुगेको छ । बोदेबर्साइन नगरपालिका-५ स्थित चन्द्रा माविकै क्वारेन्टाइनमा खटिएका एक प्रहरीमा जेठ १५ गते र सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता मावि कुशहाको क्वारेन्टाइनमा खटिएका २९ वर्षीय असईमा जेठ १४ गते संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बिहीबार नै हनुमाननगर कंकालिनी नगरपालिका-१ का ३५ वर्षीय, वडा नम्बर ४ का २३ र २३ वर्षीय, वडा नम्बर १२ का ३८ वर्षीय तथा वडा नम्बर १४ का १५ र २५ वर्षीय पुरुषमा संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक रामदेब यादवले बताए । यादवका अनुसार उनीहरु भारतको मुम्बई र गुजरातबाट आएका हुन् । भारतबाट जेठको दोस्रो साता आएका उनीहरु आ-आफ्नो वडामा रहेको क्वारेन्टाइनमा बसेका थिए ।

सप्तरीमा कोरोना संक्रमित ९ महिलासहित १ सय २१ पुगेको छ । जसमा एक जना क्वारेन्टाइनका इन्चार्ज एवम् स्वास्थ्य चौकी प्रमुख र कार्यालय सहयोगी पनि छन् । यिनीहरु पनि बोदे बर्साइन नगरपालिका-५ स्थित चन्द्रा माविको क्वारेन्टाइनमा खटिएका थिए । 

आइसोलेसन वेड अभाव भएपछि बिहीबार र बुधबार पुष्टि भएका संक्रमितलाई सम्बन्धित क्वारेन्टाइनमै बस्न भनिएको स्वास्थ्य संयोजक साहहरुले बताए ।यसअघि पुष्टि भएका छिन्नमस्ता गाउँपालिकाका ६ जना पनि क्वारेन्टाइनमै छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.