कोरोना संक्रमित भन्छन्- आफ्नोभन्दा देशकै चिन्ताले सतायो

कोरोना संक्रमित भन्छन्- आफ्नोभन्दा देशकै चिन्ताले सतायो

राजविराज : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को प्रकोपले जनजीवन प्रभावित छ। तीन महिनादेखि टेलिभिजन, रेडियो र अखबारहरुमा कोरोनाको मात्र समाचारले मानिसहरु हैरान बनेका छन्। कोरोना संक्रमित भई आइसोलेसनबाट निक्लिएकाहरुले डराउनु नपर्ने बताए।

'हामीलाई आफ्नो चिन्ता कहिले लागेन।' राजविराजस्थित आइसोलेसनबाट संक्रमण मुक्त भएर निक्लिँदै गरेका १७ जनाले एकै स्वरमा भने। 'खोई कोरोना कस्तो हुन्छ, हामीले थाहा नै पाएनौ' सप्तरीको बोदे बर्साइन नगरपालिका–९ का ४१ वर्षीय छुतहरु रामले भने 'बन्दाबन्दीले कामकाज ठप्प भएर चुलो नबल्ने अवस्थामा पुगेकोमा बरु घर, समाज र देशको चिन्ताले साह्रै सतायो।' 'कोरोनालाई महामारी रोग भन्छ तर कुनै असहज महसुस गरेनौ' बिष्णुपुर गाउँपालिका–१ थलहीका ३२ वर्षीय मो. सागिरले भने 'कोरोना लागेको कहिले महसुस गरेनन। पेट पाल्नका लागि राम भारतको हरियाणा र सागिर दिल्ली नजिकै गुरगाँव गएका थिए।'

क्‍वारेन्टाइनमा खटिँदा संक्रमित भएका २ प्रहरीसँगै बिदा हुने अरुहरु भारतको दिल्ली, गुरगाँव, हरियाणा, पञ्जाब, महाराष्ट्र, चण्डिगढ, गुजरात, राजस्थानबाट फर्किएका मजदुर थिए। क्वारेन्टाइनमा १४ दिन बसेको र आइसोलेसनमा बसेको १५ दिनमा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर फर्किन लागेका राम र सागिरले आफ्नो भन्दा घर परिवार, समाज र देशको चिन्ताले सताएको बताए। आफ्ना कारणले देशमा कोरोना फैलिनु हुँदैन भनेर भारतबाट कष्टका साथ आए पनि घर नगई सोझै क्वारेन्टाइनमा गएको उनीहरु बताउँछन्। 'क्वारेन्टाइनमा खान पाइएको थियो। आइसोलेसनमा आएपछि त दैनिक दुध, अण्डासहित दुई छाक खाना र दुई पटक चिया–नास्ता गरिन्थ्यो' राम भन्छन 'जहिले खाने बेलामा घरपरिवारकै याद आउँथ्यो, उनीहरुले खान पाएनन की भनेर चिन्ता लाग्थ्यो।'

परिवारलाई गाउँघरमा घृणा गरेको खबरले उनीहरुको मुटु निकै पोल्थ्यो। हरियाणाबाट आएका बोदे बर्साइन–९ का २० वर्षीय प्रदिपकुमार साहले परिवारका सदस्यहरुलाई पसलमा समान लिन जाँदा भएको असमान व्यवहारले सबैभन्दा बढी दु:ख लागेको बताए। हामी संक्रमित भएका कारणले भारतबाट आएपछि भेट नै नभएको परिवारका सदस्यहरु र अझै बालबालिकालाई घृणा गरेको फोनमा सुनेर मन दुखेको साहको भनाई छ। रोगसँग घृणा गरे पनि रोगी र उनको परिवारलाई समाजले यस्तो बेलामा हौसला दिएमा सबै संक्रमित चाँडै निको भएर घर फर्किने उनले दावी गरे।

'हामिले समाजको चिन्ता गरेर सोझै क्वारेन्टाइनमा गइझै समाजले पनि हाम्रो हौसला बढाउनुपर्छ।' बोदे बर्साइन–१ महनौरीका २८ वर्षीय रामसुन्दर यादवले बदलाको भावमा भने 'अब त हामीहरु संक्रमण मुक्त भयौ। घृणा गर्नेलाई म पनि नजिकै नआइज तिमिहरु पहिले जाँच गराएर आओ भन्छु।' कोरोना नफैलियोस भनेर एकान्तवासमा राख्नु परेको भन्दै डा. रणजितकुमार झाले उनीहरुलाई समाजमा सर्तकताको सन्देश दिन आग्रह गरे। 'घृणाले घृणा नै फैलिने हुँदा एक महिना एकान्तवासमा तपस्या गरेर जानेहरुले समाजमा सतर्क रहन सन्देश दिँदै सकारात्मक विचार र प्रेम बाँडनुपर्छ' डा. झाले भने।

अहिले संसारका २ सय १५ मुलुकमा कोरोना पुगिसकेको छ। भाइरसले करिब साढे ७६ लाख संक्रमित भइसकेका छन्। तर यसलाई जित्नेहरूको संख्या बढी छ। संसारभरीमा साढे ३८ लाख बढीले कोरोनालाई जितेका छन्। सप्तरीका १७ जना एकै पटक बिदाई भएर घर फर्किरहेका बेला उनीहरुसँगै चिकित्सक र नर्सहरुले पनि खुशी बाँढिरहेका थिए। उनीहरु भन्दा पछि आएकाहरुले आइसोलेसनको ग्रिलबाटै हात हल्लाएर तथा ताली बजाएर बिदा गरे र त्यसमध्ये ४० वर्षीय एक युवकले भने– 'हामि पनि चाँडै निक्लैदछौ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.