बाँदरबाट बाली जोगाउनै सकस

बाँदरबाट बाली जोगाउनै सकस

बेनी : पहाडी क्षेत्रका कृषकलाई  बाँदरबाट बाली जोगाउन हम्मे–हम्मे परेको छ । विज्ञान र प्रविधिको विकासले विश्वले फड्को मारे पनि नेपालका कृषकले  बाँदर धपाएर समय बिताउनुपरेको छ । 

बेनी नगरपालिको रत्नेचौर, धवलागिरिको ताकम, मालिकाको बिम, देविस्थान, मंगलाको अर्मन, अन्नपूर्णको पाउद्वार र छिमेकी पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा केही वर्षयता  बाँदरले आतंक मच्चाएको छ । बाँदरबाट बाली जोगाउन दिनभर खेतबारिमै बस्ने गरेको मल्लाजका कृषक केशर खत्रीले बताए । ‘उज्यालो हुनेबित्तिकै खेतबारीमा पुग्नुपर्छ,’ उनले भने, ‘साँझ नपरुन्जेलसम्म बाली कुरेर बस्नु हाम्रो दिनचर्या बनेको छ ।’ 

खेतीबाली लगाउने र हुर्काउन जस्तै  बाँदरबाट जोगाउनु चुनौति बनेको छ ।  बाँदर धपाउन कृषकको धेरै श्रम, पसिना र समय खर्च भएको छ ।आँखा झिमिक्क गर्दा साथ बाँदरले सारा खेतीबाली नष्ट गरिदिन्छ । ‘खाना र खाजा खाने फुर्सद पनि पाइँदैन,’ मल्लाजका मिनबहादुर खत्रीले भने, ‘बाँदर हेर्न बसेको ठाउँमै खाना–खाजा ल्याइदिन्छन् ।’ 

बाँदर धपाउँदा कतिले भिरबाट लडेर ज्यान गुमाएका छन् । बाँदरले खेतबारीमा फल्दै गरेका बाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात नास गरेको छ । खाद्यबालीका साथै तरकारी र फलफूल खानुका साथै बिरुवा उखेलेर नष्ट गरिदिने अर्का कृषक सुनिल केसीले बताए ।‘बाँदरको हुल पसेपछि क्षणभरमै खेतीबाली खाने र नष्ट गर्छन्,’ उनले भने, ‘धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको छ ।’ 

बाँदरको समस्याले वर्षमा बीस मुरी धान फल्ने खेतमा बाली लगाउनै छाडेको  ताकमकी कृषक रेखा भण्डारीले बताइन् । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि अरु कामधन्दा छाडेर बाँदर धपाउनु परेको कृषकको भनाइ छ ।  

बाँदर धपाउनका लागि खेतबारीको डिलमा छाप्रो नै बनाएका छन् । वनको विस्तारसँगै जंगल वरपरका खेतबारीमा खेती हुन छाडेका छ । आहाराको खोजीमा  बाँदर लगायत बन्यजन्तु बस्तीमै आउन थालेका डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताए । ‘बाँदरलाई लखेट्न, पक्रन, घाइते बनाउन, मार्न, बन्ध्याकरण गर्न, स्थानान्तरण गर्न, घरमा पाल्न नपाउने नियम छ,’ उनले भने, ‘टिमुर सतुवा, चिराइतो, कुरिलो, ओखार, बेसार, कागती, केरा, फूल र घाँस लगायत बैकल्पिक खेती गर्न सकिन्छ ।’

नेपालमा आसामी रातो, रातो र सेतो रंगको हनुमान लंगुर बाँदर पाइन्छ । आसामी रातो बाँदर संरक्षित स्तनधारी वन्यजन्तु हो । सेतो हनुमान लंगुर बाँदर एक–दुई वटाको संख्यामा बस्छ । आसामी र रातो बाँदर भने समुहमा बस्छन् । केही स्थानीय तहले  बाँदर स्थानान्तरण, धपाउने औजारको विकास र घाँस खेति गरे पनि सबै ठाउँमा यस्तो प्रयास हुन सकेको छैन ।  बाँदर आतंक नेपालका धेरै ठाउँका कृषकको साझा समस्या हो । सरकारले दीर्घकालीन योजना र उपायको खोजी गरेर  बाँदरको समस्या समाधान गर्नुपर्ने कृषकको माग छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.