स्याङजामा एक महिलाले जितिइन् कोरोना

स्याङजामा एक महिलाले जितिइन् कोरोना

स्याङजा : भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा रहेकी एक महिलाले कोरोना जितेकी छन्। वालिङ नगरपालिका १३ का ३९ वर्षीया ती महिलाले १८ औं दिनमा कोरोना जितेर घर फर्केकी हुन् । 

उनमा जेठ १५ गते कोरोना संक्रमण पोजिटिभ देखिएको हो । जिल्लामा महिला राख्ने आइसोलेसन वार्ड नभएपछि उनलाई पोखरा पठाइएको थियो । एघार दिन पोखरा बसाइपछि उनी कालिकामा स्थापित महिला वार्ड ७ दिनबसेपछि अस्पतालले घर पठाएको हो । 

शनिबार वालिङका ३ जना कोरोनामुक्त भएका हुन् । महिलासँगै ४ जनाले कोरोना जितेपछि वालिङ नगरप्रमुख दिलिपप्रताप खाँण, उपप्रमुख कल्पना तिवारी र स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले फुलका गुच्छा, सेनीटाइजर, मास्कलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै विदाइ गरेका थिए ।

यसअघि, स्याङ्जामा थप ६ जना कोरोना जितेर घर फर्किएका छन् । जिल्ला अस्पतालको आइसोलेसनमा रहेका वालिङका ३ जनाले शनिबार कोरोना मुक्त भएका हुन् ।जसमध्ये वालिङ ७ का २० र २९ वर्षीय र वालिङ १३ का २६ वर्षीय पुरुष हुन् । 

नगरप्रमुख खाँणले उनीहरुलाई घरमा सुरक्षित तरिकाले बस्न आग्रह गर्दै केही स्वास्थ्य र दिनचर्या सम्बन्धी गर्नुपर्ने क्रियाकलापका बारेमा समेत सचेत गराए। यसअघि जिल्ला अस्पतालको आइसोलेसनमा रहेका वालिङका १ र गल्याङका २ जना पुरुष कोरोना मुक्त भएर घर फर्किसकेका छन् । अब कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा ५० जना छन् भने २ जना पोखरामा छन् । कोरोनाबाट एकजनाको मृत्यु भइसकेको छ।जिल्लामा संक्रमितको संख्या ६० पुगेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.