रिपोर्ट नआउँदै घर पठाएका युवामा देखियो कोरोना संक्रमण

रिपोर्ट नआउँदै घर पठाएका युवामा देखियो कोरोना संक्रमण

राजविराज : कोरोना भाइरसको पीसीआर रिपोर्ट नआउँदै घर पठाइएका राजविराज १ डुमरी शिवथानका ३० वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएपछि उनको घर परिवारलाई मङ्गलबार राजविराजको क्वारेन्टाइनमा ल्याइएको छ ।

पीसीआर रिपोर्ट आउनु एक दिन अगाडि घर पुगेका युवकको रिपोर्ट पोजिटिभ आएपछि उनकी आमा, श्रीमती, छोरा र छोरी तथा उनको कपाल, दाह्री काटने ठाकुरलाई समेत क्वारेन्टाइनमा ल्याइएको राजविराज नगरपालिकाका स्वास्थ्य संयोजक निरञ्जनप्रसाद यादवले बताए ।

युवकलाई भने राजविराजस्थित आइसोलेसन केन्द्र पठाइएको छ । यादवका अनुसार युवकको सम्पर्कमा आएका उनका साथी वा अन्य व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ कार्य अघि बढाइएको छ ।भारतको पञ्जाबस्थित जमुनानगरबाट ५१ वर्षीय बुवासँग फर्केका युवक जेठ १३ गतेदेखि राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइन केन्द्रमा सँगै बसेका थिए । युवकको पीसीआर रिपोर्ट नआए पनि बुवाको नेगेटिभ रिपोर्ट आएपछि उनी समेत डिस्चार्ज भएर घर गए ।

नेगेटिभ रिपोर्ट आएकालाई घर पठाइरहेका बेला युवक झुक्‍किएर निक्लिएको हुनसक्ने स्वास्थ्यकर्मीले बताए । 'बुवाको रिपोर्ट नेगेटिभ आएपछि सँगै बस्ने आफ्नो पनि रिपोर्ट नेगेटिभ आउने विश्वासमा युवक निक्लिएको हुनुपर्छ।'

स्वास्थ्य सहसंयोजक स्वास्थ्य सहसंयोजक हरीवंश यादवले भने, 'जे जसरी भएपनि त्रुटी भयो, त्रुटी सुधार्ने काम भइरहेको छ, युवक र उनको सम्पर्कका व्यक्तिलाई क्वारेन्टाइनमा ल्याइएको छ, अरुको पनि खोजी भइरहेको छ ।'

संक्रमण मुक्त भनेर घर फर्काइएका व्यक्तिमा कोरोना पोजिटिभ भेटिएपछि क्वारेन्टाइनको व्यवस्थापन हेर्नेले गल्ती गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । रिपोर्ट नआउँदै घर पठाइएका युवकको भोलिपल्ट रिपोर्ट पोजिटिभ आएको खबरले गाउँमा खैलाबैला मच्चिएको र त्रास बढेको स्थानीय बैजु दासले बताए ।

'रिपोर्टबारे जानकारी फोनमार्फत नै हुने गर्दा समेत गल्ती हुन सक्छ,' यादव भन्छन्, 'संक्रमित भएको ठाउँमा आवतजावत गर्न नसकिने हुँदा क्वारेन्टाइनमा बस्नेलाई स्वास्थ्यकर्मी, कर्मचारीले नचिन्ने गरेका कारण झुक्याएर जान सक्ने सम्भावना रहन्छ ।'

वडा अध्यक्ष चन्द्रशेखर चौधरीले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वारेन्टाइन पठाउने काम भइरहेको र युवकले झुक्याएर भन्दा पनि बुवाको नेगेटिभ आएपछि आफ्नो पनि पोजिटिभ नआउने भन्दै झगडा गरेर निस्किएको जानकारी आएको बताए । 

कमजोर व्यवस्थापनले रिपोर्ट नआएका व्यक्तिलाई घर पठाउँदा समस्या भएको भन्दै वडा अध्यक्ष चौधरीले झुक्याएर वा झगडा गरेर निक्लिन दिने व्यवस्थापन पक्षको गल्ती भएको बताए । यता राजविराज नगरपालिका कार्यालयले राजदेवी मावि क्वारेन्टाइनमा खटिएका हेल्थ असिस्टेन्ट राजकुमार पटेललाई काज फिर्ता गरी विषहरिया स्वास्थ्य चौकी पठाएको छ । रिपोर्ट नआउँदै घर पठाएर गम्भीर लापरवाही भएको भन्दै पटेललाई काज फिर्ता गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.