म्याग्दीमा व्यवसायिक एभोकाडो खेती सुरू

म्याग्दीमा व्यवसायिक एभोकाडो खेती सुरू

बेनी : म्याग्दीका कृषकले 'घ्यू फल' भनेर चिनिने एभोकाडो जातको फलफूल खेती भित्र्याएका छन् ।  मंगला, मालिका र धवलागिरी गाउँपालिकाको मध्य पहाडी क्षेत्रका कृषकले एभोकाडो खेती सुरु गरेका हुन् । परीक्षणका लागि रोपिएका बिरुवाले राम्रो उत्पादन दिन थालेपछि व्यवसायिक खेती सुरु गरेको मंगला-४ बरंजाका रेशम बुढाथोकीले बताए । 

उनले केही वर्ष पहिले धनकुटाबाट ल्याएर रोपेको बिरुवाले राम्रो फल दिन थालेको छ ।१६ रोपनी पाखोमा २५० वटा बिरुवा लगाएको बताए । मंगला गाउँपालिकाले २० जना भन्दा बढी कृषकलाई अनुदानमा दुई हजार वटा एभोकाडोका बिरुवा वितरण गरेको छ । 

मालिका गाउँपालिकाको २ रुममा चार हजार ५०० र ३ डाडागाउँमा तीन हजार बिरुवा उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । बिमको बाइन्दफाँटमा ५०० रोपनी झाडी फाडेर एभोकाडो खेती सुरु गरेका छन् । 

सामुहिकरुपमा पाँच हजार एभोकाडोका बिरुवा रोप्ने तयारी गरेको स्थानीय बेगप्रसाद गर्बुजाले बताए ।'एभोकाडो खेती गर्नलाई बीस वर्षभन्दा बढी समयदेखि बाँझो जमिनमा झाडी फाडेर खाडल खनेका छौं, उनले भने, 'लकडाउनमा गाउँमा फुर्सदिला भएका युवाहरुलाई परिचालन गरेका छौं।'

मालिका-४ ओखरबोट र देविस्थानमा पनि चार हजार एभोकाडोका बिरुवा वितरण गर्न लागिएको छ । मालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माका अनुसार एभोकाडो खेती विस्तार गर्न यस वर्ष बीस लाख रुपैयाँ बिनियोजन भएको छ । 

धवलागिरी गाउँपालिकाले पचास प्रतिशत अनुदानमा ताकममा चार हजार र मराङमा एक हजार ३०० बिरुवा वितरण गरेको छ । उपयुक्त हावापानी, बजारको सम्भावना, स्वास्थ्यव्रद्र्धक, छिटो र धेरै वर्षसम्म आम्दानी गर्न सकिने भएकाले एभोकाडो खेतीप्रति म्याग्दीका कृषकको आकर्षण बढेको हो ।

एभोकाडोका बिरुवा उत्पादन गर्ने पोखराको मञ्जुश्री नर्सरीका सञ्चालक पुस्कर विकका अनुसार यस वर्ष म्याग्दीमा पन्ध्र हजार एभोकाडोका बिरुवा रोपिएको छ । समुन्द्री सतहदेखि चार सयदेखि एक हजार ७०० मिटर उचाईको पहाडी भूगोलमा हुने एभोकाडोको बिरुवाले रोपेको तेस्रो–चौथो वर्षबाट उत्पादन दिन सुरु गर्छ । 

प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने एभोकाडो उच्च रक्तचाप, मधुमेह, मुटु रोगका बिरामीका लागि लाभादायक मानिन्छ । पचास वर्षसम्म उत्पादन दिने एभोकाडोको एकवटा बोटमा वार्षिक २०० किलोसम्म फल लाग्ने कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले बताए ।  

उनका अनुसार एभोकाडो म्याग्दीमा भित्रिएको नयाँ जातको फलफूल हो । नेपालमा मेक्सिकन, ग्वाटेमिलन र भारतीय जातको एभोकाडो खेती हुन्छ । यो फलफूल मेक्सिको र अमेरिकामा उत्पति भएको मानिन्छ । धनकुटाको पाख्रीबासमा २०२५ सालमा फल खान ल्याएको दानाको बिया उम्रिएपछि विस्तार भएको मानिन्छ । 

थोकमा दुई सय रुपैयाँ प्रतिकिलो र फुटकर ३५० देखि ४०० रुपैयाँ मूल्य पर्ने एभोकाडोको जुस बनाएर समेत उपभोग गर्न सकिन्छ । ठूला होटल, पर्यटक, विदेशबाट आएका र सहर बजारका बासिन्दा एभोकाडोका मुख्य उपभोक्ता हुन् । 

कात्तिक महिनामा टिप्न सुरु गरिने एभोकाडोको फल फागुनसम्म बोटमा राख्न सकिन्छ । कलमी र बिजु दुई विधिबाट यसको बिरुवा उत्पादन गर्न सकिन्छ । बिजु बिरुवा पचास र कलमी बिरुवा १५० रुपैयाँ प्रतिगोटा मूल्य पर्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.