क्‍वारेन्टाइनमा बसेर २३ दिनदेखि पीसीआर रिपोर्ट कुर्दै

क्‍वारेन्टाइनमा बसेर २३ दिनदेखि पीसीआर रिपोर्ट कुर्दै

जाजरकोट : जाजरकोटबाट कोरोनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाएको २३ दिन बित्दा पनि अझै रिपोर्ट आउन सकेको छैन । 

जिल्लाको छेडागाड नगरपालिका, नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाबाट स्वाब संकलन गरेर सुर्खेत पठाएको २३ दिन बितिसक्दा पनि रिपोर्ट आउन नसकेको हो । 

भारतबाट आएर विभिन्न क्वारेन्नटाइनमा बसेकोको स्वाव संकलन गरेर पठाइएको थियो । तर, रिपोर्ट नआउँदा केहीलाई क्वारेन्टाइनमै राखिएको र केहीलाई होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको पालिकाले जनाएका छन् । 

जिल्लाबाट गत जेठ १२ गते पठाइएका चार सय पाँच जनाको रिपोर्ट अझै आउन नसकेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । 

भेरी नगरपालिका र बारेकोट गाउँपालिकाबाट त्यस भन्दा पछि स्वाब संकलन गरि पठाएको रिपोर्ट आइसकेको छ हाम्रो अझै आएको छैन छेडागाड नगरपालिकाका मेयर लालबहादुर महताराले भने रिपोर्ट समयमा नआउँदा गाउँमा निकै अन्यौल भएको बताए । 

जिल्लाका करिब एक हजारको रिपोर्ट आउन बाँकी छ । पठाएकाको रिपोर्ट नआउँदा कतिपय क्वारेन्टाइनबाट मानिस भाग्न थालेका छन् भने दैनिक व्यवस्थामा समस्या भएको प्रजिअ पन्तले बताए ।

सुर्खेतमा मेसिन एउटा मात्र भएको र धेरै जिल्लाबाट त्यही स्वाब पठाउँदा जाजरकोटको पालो आउन नसकेको सामाजिक विकास मन्त्रालय सुर्खेतले जनाएको छ । जाजरकोटका केही नमुना सुर्खेतमा चाप भएपछि काठमाडौं पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.