स्याङ्जाका थप ९ जनामा कोरोना संक्रमण
स्याङजा : स्याङ्जामा बिहीबार विहान ९ जनामा कोरोना संक्रमण देखिएको छ। थपिएसँगै जिल्लामा संक्रमितको संख्या ७३ पुगेको छ। आँधीखोला गाउँपालिकाका ६ जना र कालीगण्डकी गाउँपालिकाका ५ जनामा पिसिआर रिपोर्ट पोजिटिभ देखिएको प्रादेशिक कार्यालय पोखराले जनाएको छ।
आँधीखोलाका २ महिला र २ जना पुरुषमा र कालीगण्डकीका ५ जना पुरुषमा संक्रमण पुष्टी भएको हो। आँधीखोलाका ७२ र ३४ वर्षका महिला तथा १३ र १९ वर्षका पुरुषमा संक्रमण देखिएको छ। कालीगण्डकीका २१, ३३, २६, ३० र १८ वर्षका पुरुषमा संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए। योसँगै जिल्लामा संक्रमितको संख्या ७३ पुगेको छ।
यसअघि संक्रमित भएका मध्ये ७ जना निको भएर घर फर्केका छन्। एकको निधन भएको छ। कालिका अस्पतालको आइसोलेसनमा ५० र गल्याङ नगर अस्पतालकोमा ४ जना उपचाररत छन भने २ जना पोखरामा छन्।
बिहीबार थपिएका ९ संक्रमितलाई कालिका सामुदायिक अस्पताल र गल्याङ नगर अस्पतालमा राख्नेबारे छलफल भैरहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।