स्याङजामा २ जना कोरोना संक्रमित थपिए
स्याङजा : स्याङ्जामा शुक्रबार बिहान २ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या ७५ पुगेको छ । पीसीआर रिपोर्ट अनुसार कालीगण्डकी गाउँपालिकाका १ जना र पालिका नखुलेको १ जनामा संक्रमण देखिएको गण्डकी प्रादेशिक कार्यालयले जनाएको छ ।
कालीगण्डकीका ६३ वर्षीय पुरुष र पालिका नखुलेको ३६ वर्षीय १ पुरुषमा कोरोना पोजिटिभ देखिएको गण्डकी प्रदेश निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमितलाई गल्याङ नगर अस्पतालको आइसोलेसनमा लाने तयारी भइरहेको जनाइएको छ ।
संक्रमित दुबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसेका स्वास्थ्य कार्यालय स्याङजाले जनाएको छ ।