बैतडीका सात स्थानीय तहमा कोरोनाका बिरामी

बैतडीका सात स्थानीय तहमा कोरोनाका बिरामी

बैतडी : बैतडीका १० स्थानीय तह मध्ये सात स्थानीय तहमा कोरोनाका बिरामी फेला परेका छन्। पछिल्लो समयमा भारतबाट फर्केका नागरिकहरुमा कोरोना संक्रमण पुष्टी भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। उनले भने ‘धेरै जसो भारतबाट आएका नागरिकमा कोरोना पुष्टी भएको छ। जिल्लामा अहिले सम्म ११५ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ।'

जिल्लाको पुर्चौंडी नगरपालिका, मेलौली नगरपालिका र डिलाशैनी गाउँपालिका बाहेकका सबै स्थानीय तहमा कोरोनाका बिरामी फेला परेका भट्टले बताए। बाँकी रहेका पालिकाहरुका क्वारेन्टाइनमा बसेका नागरिकका पनि स्वाब पठाइएका तर रिपोट आउन बाँकी रहेका उनले बताए। जिल्लामा ११५ जना संक्रमित पुष्टि हुँदा सबैभन्दा बढी शिवनाथ गाउँपालिकामा ३७ जना संक्रमित भेट्टिएका स्वास्थ्य कार्यालय प्रमुख योगेश प्रसाद भट्टले बताए। यस्तै दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा २०/२०, सिगास गाउँपालिकाका १६, दोगडाकेदार गाउँपालिकामा ११, पाटन नगरपालिकामा ८ र सुर्नया गाउँपालिकामा ३ जनाका कोरोना पुष्टि भएको हो। उनीहरु सबै भारतबाट फर्किएका र आरडिटी पोजिटिभ आएका हुन्। बैतडीमा गत जेठ ९ गते पहिलो संक्रमित भेटिएकोमा जेठ १० थप ४ जनाका कोरोना पुष्टि भएको थियो। यस्तै जेठ १९ गते थप १ जनामा पुष्टि हुँदा असार १ गते थप २१ जना थपिएका थिए। यसका साथै असार ४ गते थप २५ जनामा पुष्टि भएको हो भने शुक्रबार थप ६३ जना थपिएसँगै बैतडीमा ११५ जना संक्रमित पुगेका हुन्।

समुदायमा संक्रमण फैलिने डर 

बैतडीमा दिनानुदिन कोरोनाका बिरामी फेला पर्न थालेपछि समुदायमा यसको संक्रमण फैलिने त्रास बढेको छ। ‘धेरै नागरिक भारतबाट फर्केका छन्। उनीहरु सबैको परीक्षण गर्न सम्भव भएन्। तर एकै क्वारेन्टाइनमा बसेकाहरुमा पीसीआर रिपोट पोजेटिभ आउँदा अरुमा पनि संक्रमण भएको हुन सक्छ’स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले भने, ‘सबैको स्वाब संकलन गर्न भीटीएमको अभाव भयो। परीक्षणका लागि पनि धनगढी पठाउनुपर्ने बाध्यता छ।

कोरोना पुष्टी भएकाहरु समेत गाउँघरमै भएकाले उनीहरु समेत निर्धक्क गाउँमा घुमीरहेका स्थानीयहरुले बताए। शिवनाथ गाउँपालिकाका केही संक्रमित विकास निर्माणका काममा समेत संलग्न भएकाले कोरोनाको संक्रमण समुदायमा फैलन सक्ने चिन्ता बढेको हो। ‘होम आइसोलेसनमा बस्नका लागि सुझाव दिइएका संक्रमितहरु समेत विकास निर्माणका काममा लागेका छन्। यसले समुदायमा कोरोनाको जोखिम बढ्दै गएको छ।’शिवनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लक्ष्मण महताले भने ‘संक्रमितहरु जथाभावी यताउता जानथालेपछि कोरोनाको जोखिम बढ्दै गएको छ।’

सरकारले लक्षण नदेखिएका संक्रमितहरुलाई होम आइसोलेसनमा बस्ने निर्देशिका पारित गरेकाले लक्षण नदेखिएका संक्रमितहरुलाई होम आइसोलेसनमा बस्न लगाइएको छ। तर होम आइसोलेसनको मर्मविपरीत संक्रमितहरु यताउता जान थालेपछि समुदायमा संक्रमण जोखिम बढ्दै गएको हो। ‘सरकारले संक्रमितहरुलाई निको नहुञ्जेलसम्म आइसोलेसनमै राख्नुपर्ने व्यवस्था गरोस। नत्र कोरोनाले भयावह स्थिती सिर्जना गर्न सक्छ।’रौलेश्वर माविका शिक्षक गणेशदत्त अवस्थीले भने, ‘कोरोनाको बिषयमा अझैपनि गाउँघरमा राम्रो बुझाई भएको छैन्। त्यसैले समुदायमा संक्रमण फैलिन नदिन संक्रमितहरुलाई सरकारले बनाएका आइसोलेसनमा राख्नु आवश्यक छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.