मिर्गौला रोगी बालकले जिते कोरोना

मिर्गौला रोगी बालकले जिते कोरोना

राजविराज : सप्तरीका १४ वर्षीय मिर्गौला रोगबाट पीडित बालक कोरोना जितेर शनिबार घर फर्किएका छन्। भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गराएर फर्किदा कोरोना संक्रमित भएका गिर्गौला रोगबाट समेत बिरामी रहेका बालकसँगै उनकी ४० वर्षीया आमाले पनि कोरोना जित्न सफल भएकी छन्।

शुक्रबार दोस्रो पटक गरिएको परीक्षणमा आमा-छोरामा कोरोना नदेखिएपछि शनिबार राजविराजस्थित आइसोलेशन केन्द्रबाट डिस्चार्ज गरिएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले जानकारी दिए। राजविराज नगरपालिका-१३ पिपराहीका उनीहरुलाई जेठ २६ गतेदेखि आइसोलेशनमा राखिएको थियो।

करिब १२ दिनको बसाईपछि उनीहरु निको भएर फर्किएका हुन्। उनीहरुभन्दा पहिले आइसोलेसन केन्द्रमा आएका संक्रमितसमेत संक्रमणमुक्त नभई सकेका बेला उनीहरु कोरोना जितेर घर फर्किएकोमा आइसोलेशनमा रहेका अन्य संक्रमितले ताली बजाएर बिदाई गरे। 

कोरोना जितेपछि आमाछोरा खुसी हुँदै घर फर्किएका छन्। घर फर्कने क्रममा उनीहरुले मनोबल उच्च बनाए कोरोना सजिलै जित्न सकिने बताए। स्वास्थ्य मानिसले समेत कोरोना भाइरसबाट ज्यान गुमाइरहेको अवस्थामा मिर्गौला  रोगी बालकको जितलाई महत्वका साथ हेरिएको छ। आइसोलेसन केन्द्रमा रहेका छिन्नमस्ता २ महुवाका २८ वर्षीय पुरुषले बिरामी बालकले कोरोना जितेको कुराले अरु सबैको हौसला बढेको बताए। 

रोगी, बिरामीलाई कोभिड-१९ निको हुन समय लाग्ने या बाँच्ने सम्भावना अरुभन्दा कम हुने भनिएका बेला बालक बिरामी १२ दिनमै निको भएर घर फर्किनुले कोभिडविरुद्धको लडाईंमा थप आशा जागेको डा. रणजितकुमार झाको भनाइ छ। 

आमाछोरासँगै आज १४ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्। हनुमाननगर कंकालिनी नगरपालिका र छिन्नमस्ता गाउँपालिकाका ५/५ जना राजविराज नगरपालिका ३ जना र शम्भुनाथ नगरपालिकाका १ जना कोरोना जितेर घर फर्किएका हुन्। 

आमाछोरा दिल्लीबाट, शम्भुनाथ नगरपालिका-७ का ३२ वर्षीय पुरुष बिहारको रौताबाट, राजविराज नगरापालिका-९ का २८ वर्षीय हरियाणाबाट, छिन्नमस्ता गाउँपालिका- २ र ६ का १७, २९, २३, २४ र ३२ वर्षीय हरियाणाबाट तथा हनुमाननगर कंकालिनी नगरपालिका-४, ११ र १४ का ४०, ४०, १७, २२, ४५ वर्षीय पुरुष हरियाणा र राजस्थानबाट घर आएका हुन्। 

सप्तरीमा हालसम्म १ सय ५५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये ७१ जना निको भएर घर फर्किसकेका छन्। राजविराजस्थित आइसोलेसन केन्द्रमा हाल ८३ जना छन्। एक जना स्वास्थ्यकर्मी घरमै आइसोलेसनमा बसेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.