भारतबाट सप्तरी आएका थप तीनजनामा कोरोना संक्रमण

भारतबाट सप्तरी आएका थप तीनजनामा कोरोना संक्रमण

राजविराज : सप्तरीमा भारतको तीन अलग सहरबाट आएका तीनजना नेपालीमा कोरोना संक्रमण देखिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ का ३३ वर्षीय पुरुष तथा सुरुङ्गा गाउँपालिका-१ का २८ वर्षीय र वडा नम्बर २ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनीहरु क्रमशः भारतको मुम्बई, हरियाणा र दिल्लीबाट आएका हुन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणअनुसार तीनजनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए । उनीहरु छिन्नमस्ता गाउँपालिकास्थित सखडा मावि र सुरुङ्गा गाउँपालिकास्थित शिशवारी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । तीनैजनालाई आइतबार राजविराज-१ स्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा ल्याइएको छ ।
 

यो समेत सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १२ महिलासहित १ सय ५८ पुगेको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार हालसम्म सप्तरीको १५ वटा स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ । बोदे बर्साइन नगरपालिकामा २ महिलासहित ३२ जना, हनुमाननगर कंकालिनी नगरपालिकामा १ महिलासहित ३१ जना, बलान बिहुल गाउँपालिकामा ४ महिलासहित २७ जना, छिन्नमस्ता गाउँपालिकामा २ महिलासहित १६ जना, राजगढ गाउँपालिकामा १३ पुरुष र राजविराज नगरपालिकामा २ महिलासहित १३ जना, डाकनेश्वरी नगरपालिकामा १ महिलासहित १२ जना, खडक, सुरुङ्गा र कञ्चनरुप नगरपालिकाका ३÷३ जना, शम्भुनाथ नगरपालिका तथा बिष्णुपुर, तिरहुत, महादेवा र तिलाठी कोइलाठी गाउँपालिकामा १/१ जना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

यसैगरी हालसम्म कोरोनालाई जितेर एक मृगौला रोगी बालक, दुई प्रहरी, एक स्वास्थ्यकर्मीसहित ७१ जना घर फर्किएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.