छाँयानाथ राराको नगरसभा विवाद : मेयर भन्छन् उद्घाटन सत्र सकियो, उपमेयर भन्छिन भएकै छैन
मुगु : छाँयानाथ रारा नगरपालिकाको आगामी आर्थिक वर्ष ०७७/०७८ का लागी नीति तथा कार्यक्रमको लागि सञ्चालन हुन लागेको नगरसभा मेयर र उपमेयर पक्षको विवादका कारण नगरसभा अगाढी बढ्न सकेको छैन्। बुधबार बिहान ११ बजे सञ्चालन हुने भनिएको नगरसभा छाँयानाथ रारा नगरपालिकाका मेयर हरिजङ्ग शाही पक्ष र उपमेयर सुन्तला रोकाया पक्षका कार्यपालिका सदस्य तथा अन्य जनप्रतिनधीहरुबीच विवाद भएको हो।
छाँयानाथ रारा नगरपालिका बुधबार बिहान ११ बजे होटेल अनुसा टपमा सातौं नगरसभा आयोजना गरेको थियो। उपमेयर सुन्तला रोकाया पक्षले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६७ अनुसार बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक नभएको, सोही ऐन को दफा ६७ अनुसार बजेट तथा कार्यक्रम योजना तर्जुमा समितिले तयार गरेको अन्तिम प्रस्ताव कार्यपालिकाको बैठकमा पास नभएको, टोल स्तरको योजना तर्जुमा नभएको, नगरपालिकाको १४ वडा मध्ये ७ वटा वडाको योजना तर्जुमा सम्पन्न भए पनि नगरपालिकामा पेश नभएको कर्णाली प्रदेश सरकारले जारी गरेको नगर तथा गाँउ सभा सञ्चालन लागी बनेको ऐनको दफा ५८ को १ (ख) बमोजिम आमन्त्रण नभएको भन्दै विवाद भएको हो। योजना तथा बजेट कार्यपालिकाको बैठकबाट पारित नभईलगायत नगरसभाबाट पारित हुने अन्य विषय नियमविरुद्ध भई नगर सभाको उद्धघाटन स्थगित गरी अन्य प्रक्रिया अगाढी बढाउन उपमेयर रोकाया दवाब छ। मेयर हरिजङ्ग शाही पक्षले भने सबै प्रक्रिया ऐन नियम अनुसार भएका कारण सातौ नगर सभा स्तगित नहुने उडान रहेको छ।
मेयर हरिजङ्ग शाहीले सबै ऐन नियम अनुसार नगरसभाको उद्घाटन सञ्चालन गर्न लागेको बताएका थिए। उद्धघाटन सत्र स्थगित गर्न माग गरेको भए पनि कडा सुरक्षाको घेराभित्र मेयर पक्षले नगरसभा उद्धघाटन गरेको बताएका छन्। यता उपमेयर सुन्तला रोकाया पक्ष नगर सभामा आफनो बहुमत भएकाले नगर सभा स्तगित भएको बताएका छन्। बिहान ८ बजेदेखि जिल्ला प्रशासन कार्यालयमा दुबै पक्षबीच छलफल भएको थियो। छलफमा मेयर पक्षले उद्घाटन सत्र सञ्चालन गर्ने र अन्य सत्र दुबै पक्षको सहमति अनुसार स्थगित गरि छलफलपछिको सहमति अनुसार अगाढी बढाउने अडान राखेको थिए। उपमेयर पक्षले मेयरले एकलौटि ढङ्गले नियमविरुद्ध नगरसभा गर्न लागेको भन्दै असार २५ गतेसम्म स्थगित गर्ने अडान राखेका थिए। नेकपाका जिल्ला स्तरका नेता र नेपाली कांग्रेसका जिल्ला स्तरका नेतासहित मेयर शाही र उपमेयर रोकायाबीचको सहमतिमा उदघाट्न सत्र सञ्चालन गरी अन्य प्रक्रिया स्थगित गर्ने सहमति भएको थियो। उममेयर नआउँदै मेयरले उद्धघाटन गर्न लागेको भन्दै उपमेयर पक्षका ३६ जनाले सभाहलभित्र नाराबाजी गर्दै केही कुर्सी तोडफोड गरेका थिए। उपमेयर पक्षका केही जनप्रतिनिधिले मेयरलाई खुर्सानीको धुलो फ्याक्न खोज्दा प्रहरीको आँखाका परेको मेयर पक्षकाले बताएका छन्।
उप मेयर पक्षमा ३७ जना छन्। हाल एक जना जिल्ला बाहिर भए पनि अहिले आफुसँग ३६ जना रहेका र मेयर पक्षसँग ३५ जना छन्। बहुमत उप मेयर पक्षको भएका कारण नगरसभाको उदघाटन सत्र सहमति अन्य प्रक्रिया स्थगित भएको उपमेयर रोकाया पक्षका वडाध्यक्ष डम्बर रावलले बताए। यता मेयरशाही भने ऐन नियम अनुसार नगरसभाको उद्घाटन भई नीति कार्यक्रम तथा बजेट पास भइसकेको बताउँछन्।