रुकुम घटना : वडाध्यक्षसहित २३ जना पूर्पक्षका लागि कारागार चलान, एक जना धरौटीमा रिहा

रुकुम घटना : वडाध्यक्षसहित २३ जना पूर्पक्षका लागि कारागार चलान, एक जना धरौटीमा रिहा

रुकुम : गत जेठ १० गते शनिबार रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाका आरोपितलाई थप अनुसन्धानका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत रुकुम पश्चिममा बुधबार साँझ जिल्ला न्यायाधिश विद्याराज पौड्यलको इजलासले चौरजहारी नगरपालिका-८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए।

चौरजहारी नगरपालिका-८ की मल्ल थरकी एक केटीसँग प्रेम बिहेका लागि केटी लिन आएका जाजरकोटका नवराज विकसहित ६ जनाको मृत्यु भएको थियो। सोही घटनामा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालयले ३४ जनाविरुद्ध आजिवन कारावासको माग गर्दै अदालतमा मुद्दा दायर गरेको थियो। तर अदालतले २३ जनालाई पूर्पक्षका लागि कारागार चलान गरे पनि एक जनालाई धरौटीमा र तीन जनालाई साधारण तारेखमा छोडेको छ। केटीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छोडिएको र सोतीका स्थानीय इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र मल्लाई साधारण तारेखमा छाडिएका अदालतका स्रेस्तेदार बोहराले बताए। प्रेम बिहेका लागि केटी लिन जाजरकोटबाट आएका युवालाई अन्तरजातिय सम्बन्धकै कारण हत्या गरेर नदीमा फालेको पीडित परिवारको आरोप छ। उक्त घटनामा संलग्न रहेको भन्दै पीडित परिवारले वडाध्यक्ष मल्लसहित २० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। अदालतमा ३४ जनाविरुद्ध मुद्दा दर्ता भएपनि प्रहरीले २९ जनालाई मात्रै पक्राउ गरेको थियो।

दुई जनालाई बाल सुधार गृहमा पठाइएको र पाँच जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए। सरकारी वकिल कार्यालयले गत जेठ ३२ गते अदालतमा मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता भएपछि पीडितको तर्फबाट २५ जना र प्रतिवादीको तर्फबाट ७ जना वकिलले बहस गरेका थिए। 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.