मुगु : नगर कार्यापालिकाको बैठकबाट निर्णग नगरी छायाँनाथ रारा नगरपालिकाको आगमि आर्थिक वर्ष ०७७।०७८ का लागि नीति तथा कार्यक्रमको लागि संचालन गरिएको सातौं नगर सभा ऐन नियमविरुद्ध भएको भन्दै उपमेयर पक्षले नगरपालिका तालाबन्दी गरेका छन् ।
मेयर हरिजङ्ग शाहीले बुधबार तोएिको सातौं नगर सभा ऐन नियमविरुद्ध संचालन गरेको भन्दै उपमेयर सुन्तला रोकाया पक्षले नगर सभा स्थगित गर्न माग गरेका थिए । दुबै पक्षबीच सहमति नभएपछि मेयर हरिजङ्ग शाहीले सातौं नगर सभा उद्घाटन सत्र संचालन गरी नीति तथा कार्यक्रम पेश गरेका थिए । कार्यपालिकाको निर्णय नभइ बुधबार सुरु गरिएको नगर सभा ऐन कानुनु विरुद्ध भएको भन्दै उप मेयर पक्षले बिहबारदेखि अनिश्चवतकालका लागि तालाबन्दि गरेका हुन् ।
छायाँनाथ रारा नगरपालिकाले बुधबार होटेल अनुसा टपमा सातौं नगर सभा आयोजना गरेको थियो । उपमेयर सुन्तला रोकाया पक्षले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६७ अनुसार बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक नभएको बताएको छ । सोही ऐनको दफा ६७ अनुसार बजेट तथा कार्यक्रम योजना तर्जुमा समितिले तयार गरेको अन्तिम प्रस्ताव कार्यपालिकाको बैठकमा पास नभएको, टोल स्तरको योजना तर्जमा नभएको, नगरपालिकाको १४ वडा मध्ये ७ वटा वडाको योजना तर्जुमा सम्पन्न भए पनि नगरपालिकामा पेश नभएको, कर्णाली प्रदेश सरकारले जारी गरेको नगर तथा गाँउ सभा संञ्चालन लागि बनेको ऐनको दफा ५८ को १. ख बोमजिम आमन्त्रण नभएकाले बाँकी बुधबार तोकिएको नगर सभा स्थगित गर्न माग भए पनि मेयर हरिजङ्ग शाहीले एकलौटी रुपमा नगर सभाको उद्घाटन गरेकाले उक्त नगरसभा ऐन कानुनविपरित भएकाले आफूहरुले अनिश्चितकालका लागि नगरपालिका तालाबन्दी गरेको उपमेयर सुन्तला रोकायाले बताएकी छिन् ।
मेयर हरिजङ्ग शाही पक्षले भने सबै प्रक्रिया ऐन नियम अनुसार भएका कारण सातौं नगरसभा स्तगित नहुने भन्दै सातौं नगर सभाको उद्घाटन गरी आर्थिक वर्ष ०७७ ।०७८ को नीति कार्यक्रम पेश गरेको बताएका छन् ।
उपमेयर पक्षले नगरपालिकाको सबै शाखा तथा फाटमा तालाबन्दी गरेपछि असार मसान्तभित्र भुक्तानी गरि सक्नुपर्ने विकास निमार्ण काम ठप्प हुने देखिएका र शिक्षक कर्मचारी लगाएतको तलब निकासा लगाएतका अन्य काममा समेत प्रभाव पर्ने देखिएको नगरपालिकाका कर्मचारीले बताएका छन् ।
कार्यपालिका बैठकबाट निर्णय नगराइ सातौं अधिवेशन संचालन गरेको भन्दै अनिश्तिकालका लागि नगरपालिका तालाबन्दी गर्दै उपमेयर सुन्तला रोकाया पक्षका जनप्रनिधि । तस्बिर : जीवन सेजुवाल।
working together is no longer optional-it is a matter of
compulsion
Annapurna Media Network has announced the Unity for
Sustainability campaign which comes into force from January 1,
2022. The main aim of this campaign is to 'lead the climate
change dialogue' working closely with all the stakeholders on
sustainable development mode, particulary focusing on
climate-change issues.