गायक रामकुमार नेपालीको ‘कहिले बन्छ देश ?’ सार्वजनिक (भिडियो)

गायक रामकुमार नेपालीको ‘कहिले बन्छ देश ?’ सार्वजनिक (भिडियो)

काठमाडौं : गायक रामकुमार नेपालीले ‘कहिले बन्छ देश’ गीत बजारमा ल्याएका छन्। शनिबार युट्युवमा सार्वजनिक भएको लोक गीतमा मनोज केसिको शब्द र राजेश बर्देवाको संगीत भरेका हुन्।

गीतमार्फत देशमा बढ्दो हिंसा, विभेद, बेरोजगार, भ्रष्टाचार लगायत कान्ड मच्चा रहेको व्यङ्ग गर्दै सरकारसँग देश कहिले बन्छ भन्दै प्रश्न गरिएको छ। अहिले कुरामा मात्रै जनताको शासन आएको र भोट दिने जनता खेलौना बनाइएको तर्क गरिएको छ। गीतमा दक्षिणले सिमाना मिच्दै दुख दिएको विषय पनि उठाइएको छ।

गीतको भिडियोमा बाल कलाकार श्रेया गौतमसहित गायक नेपालीले नै अभिनय गरेका छन्।

रामेछाप मन्थलीका नेपाली काठमाडौं अडिसनमा गोल्डेन माइक जितेर लोकस्टारको प्रतिस्पर्धामा चौथो भएका थिए। उनी इमेज लोक कलाकार सिजन-२ र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना भएको ‘राष्ट्रिय लोक गायन प्रतियोगिता’मा प्रथम भएका थिए।

२०६१ सालदेखि लोकसंगीतमा लागेका नेपालीको २०६६ सालमा रामेछाप लोकतारामा पहिलो स्थान जितेपछि चर्चा बढेको थियो। ललितकला क्याम्पस भोटाहिटीमा उनले डिप्लोमा इन म्युजिक विषयमा ४ वर्ष औपचारिक अध्ययन गरेका छन‍्। नेपालीले मेरी आमा, चौबन्दीको फुर्का, दुई रुपैयाँको बिँढी, ‘घुर्‍यानको मुला’ लगायत डेढ दर्जन एल्बमै बजारमा छन्। करिब तीन सय लोकगीतमा उनले स्वर दिइसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.