कार र मोटरसाइकल ठोक्किँदा बाबु छोराको ज्यान गयो

कार र मोटरसाइकल ठोक्किँदा बाबु छोराको ज्यान गयो

रुपन्देही : रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोक्किँदा बाबु छोराको ज्यान गएको छ। सैनामैना नगरपालिका-८ कलौनीमा दिउँसो करिब २ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार सैनामैना १ बनकट्टाका सन्तोष परियार र उनका बाबु टेकबहादुर परियारको ज्यान गएको हो।

पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको लु २ च ८५२९ न.को कार र  पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ५२ प ६२२९ न. को मोटरसाइकल एक आपसमा ठक्कर खादाँ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए। कारमा सवार कपिलवस्तु शिवराजका भिमबहादुर रोका मगरको बाँया खुट्टामा चोट लागेको छ। कारमा सवार अन्य ३ जना भने सकुसल रहेका छन्। कारका चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.