रुकुम पश्चिमका स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना संक्रमण

रुकुम पश्चिमका स्वास्थ्यकर्मीसहित ८ जनामा कोरोना संक्रमण

रुकुम : रुकुम पश्चिममा एक स्वास्थ्यकर्मीसहित आठ जनालाई कोरोना भाइरस संक्रमण भएको छ । जिल्लाको चौरजहारी नगरपालिकाका ८ जना व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको हो । 

केही समय पहिले भारतबाट आएका ७ जना र एक स्वास्थ्यकर्मीमा कोरोना रिपोर्ट पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए । नगरपालिका–१ का ८, १९, २६, २९, ३४ र ५० वर्षीय पुरुष वडा नम्बर ३ का २७ वर्षीय पुरुष र वडा नम्बर ९ का २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको उनले बताए । यसका साथै बाँकेको नेपालगञ्ज घर भइ चौरजहारीमा व्यवसाय गर्दै आएको एक पुरुषमा पनि कोरोना संक्रमण भएको बताइएको छ । 

उनीहरू सबैलाई चौरजहारी अस्पतालको आइसोलेसन कक्षमा राखिएका बताइएको छ । कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रजिअ पौड्यालले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.