मर्दाको मलामी पनि बनेन समाज

मर्दाको मलामी पनि बनेन समाज

स्याङ्जा :‘जिउँदाको जन्ती, मर्दाको मलामी।’ भन्ने नेपाली समाजको उपदेश। हाम्रो संस्कार, समाज, परिवार र हामी एक अर्काका पुरक हौं। जसले हामीलाई बाँच्न र अनन्तकालसम्म हाम्रा संस्कार र संस्कृतिको संरक्षण गर्न सिकाएको हुन्छ। तर, सोही संस्कार, संस्कृति र समाजलाई कोरोना कहरले अहिले बिक्षिप्त बनाउँदै गएको छ।

कोरोना भाइरसको डर, त्रासका कारण छिमेकी र गाउँले पनि टाढा टाढा बनेका हुन्। जुन अवस्थामा आफना आफन्तको सहानुभूति र सहयोगको खाँचो पर्छ, त्यही बेलामा रोगका सन्त्रास गाउँलेमा परेको छ। आफन्तको निधनमा शोकाकुल बनेका परिवार भेटघाटमा गर्नसमेत डराउने अवस्था देखिएको स्थानीयबासीको भनाई छ। यही असार १० गते कोरोनाका कारण पोखरामा उपचारका क्रममा ज्यान गुमाएका स्याङजा आँधीखोला गाउँपालिकाका ५५ वर्षे एक पुरुषको परिवारले किरियामा बस्दासमेत छिमेकीको सहयोग र सद्भावबाट बञ्चित हुनु पर्‍यो। कोरोनाका कारण उनको मृत्यु भएको पुष्टि भएसँगै छिमेकीहरु उनका घरमा पुगेनन्। दु:खद परिस्थितीसँगै पोखरामै उनको सतगत गरियो। ‘उनीसँगै पोखरा पुगेकी पत्नी केही दिनको पोखरा बसाईपछि गाउँ फर्किइन्। एक छोरा नावालक छन्। उनका २ छोरी पनि किरियामा छन्। गोठभरी गाईवस्तु। तर आफन्त बाहेक कसैले त्यस घरतर्फ नजर लगाएन्।’ जनस्वास्थ्य निरीक्षक डिल्लीराम अधिकारीले भने ‘बरु, त्यही बाटो भएर म हिँडेको थिएँ, मेरो पिसिआर टेष्ट गरिदिनु पर्‍यो भन्दै छिमेकीहरु स्वास्थ्य केन्द्र आईपुगे।’ उनी बलिया र स्वस्थ्य हुने बेलासम्म समाजका सहयोगी बनेका थिए उनी।

उनका मृत्युसँगै उनका परिवारले समाजका ती सहानुभूतिको शब्द पनि सुन्न पाएको छैन्। शनिवार उनको निधनको पनि १० दिन बितिसकेको छ। पण्डित आउँछन् नावालक छोरा भएकाले किरिया बसेका मृतकका भाई, पत्नीलाई काजकिरियाका बिधी सिकाउँछन् अनि फर्कन्छन। आफन्तै पर्ने २/४ परिवारले मात्र सहयोग गरेको स्थानीयबासीको भनाई छ। उनीहरु पनि डराई, डराई आउने गरेका छन्। अर्जुनचौपारी गाउँपालिका घर भएका उनी केही वर्षदेखि आँधीखोला गाउँपालिकामा व्यापार गर्दै आएका थिए। ५५ वर्षीय ती पुरुष भारतीय सेनाबाट निवृत्त हुन्। हट्टाकट्टा देखिने उनी जेठ २३ गतेदेखि नियमितरुपमा पर्म (मेला) गएको बताइएको छ।

जेठ/असारको महिना मानो खाएर मुरी उब्जाउने दिन भने झैं उनले पनि दिनभर बाउसेको काम गर्थे। कहिले बाउसे बने त कहिले खेत रोप्ने रोपारे। कहिले भने बीउ काढ्ने गरेर झण्डै १०/१२ दिन लगातार काम गरेपछि उनी असार ५ गते टाउको र ज्यान दुख्यो भन्दै मेलामा जान नसकेर घरमा बसेको पारिवारिक स्रोतले जनाएको छ। ७ गते वान्ता भएपछि ज्वरो आउनु र श्वास फेर्न गाह्रो हुनुका साथै खोकी पनि लागेकाले पंचमूल प्राथमिक स्वास्थ्य केन्द्र पुगेका उनलाई त्यहाँका डा.गणेश वाग्लेसहितको चिकित्सकीय टोलीले एम्बुलेन्स खोजेर पोखरा पठाएको हो। उही नै उनलाई कोरोना पुष्टि भएपछि ८ गते पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखी उपचार गर्ने क्रममा १० गते निधन भएको थियो।  अधिकांश समय पंचमूल बसेर व्यापार गर्ने उनी अर्जुनचौपारी २ पटक पुगेका थिए। एक पटक श्राद्ध र अर्को पटक सामाजिक पुजामा पुगेको बताइएको छ। उनको निधनपछि दुबै पालिकामा गरी ७८ जनाको कन्ट्रयाक ट्रेसिङ गरिएको छ। ती मध्ये २१ जनाको नेगेटिभ आएको छ भने बाँकीको रिपोर्ट आउन बाँकी छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.