नेकपा विवाद : सप्तरीमा दुई पक्षबीच चर्काचर्की

नेकपा विवाद : सप्तरीमा दुई पक्षबीच चर्काचर्की

राजविराज : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक कलह सप्तरी जिल्लामा पनि देखिएको छ। केन्द्रमा आन्तरिक कलह टुंग्याउन प्रयास भइरहेका बेला सप्तरीमा बुधबार सरकारको समर्थनमा जुलुस निकाल्ने र निकाल्न नहुने विषयमा कार्यकर्ता विभाजित भएका छन्।

‘प्रधानमन्त्रीलाई हटाउन पाइदैन, पार्टी फुटाउन पाइदैन‘, ‘पार्टी एकता आजको आवश्यक्ता’ लगायतका सातवटा नारा तय गरी निकाल्न खोजिएको जुलुस अर्का पक्षको अवरोधका कारण स्थगित भएको थियो।

तत्कालीन एमाले पक्षधर युवा नेताले स्थानीय महादेव मन्दिर क्षेत्रबाट प्रधानमन्त्री ओलीको समर्थन र पार्टी एकतामा जोड दिँदै जुलुस निकाल्ने तयारी गरेका थिए। उनीहरुले नेकपा सरकार विखण्डन भए राष्ट्रियता नै खतरामा पर्न सक्ने भन्दै एकता र सहकार्यमा अघि बढ्न नेकपाका नेतालाई दबाब दिन प्रदर्शन गर्ने तयारी गरेको बताए।

पूर्वमाओवादी पक्षधर जिल्ला नेताले जुलुस निकाल्न अवरोध गरेपछि दुई पक्षबीच केहीबेर चर्काचर्की भएको थियो। जुलुस निकाल्ने खबर पाएर उपस्थित प्रहरीले दुबै पक्षलाई विवाद गर्न रोकेपछि अवस्था सामान्य बनेको थियो।

जुलुस निकाल्न रोक्दै पूर्वसिंचाई मन्त्री उमेश यादवले पार्टीको विवाद मिलाउन केन्द्रमा प्रयास भइरहेको बेला कसैको समर्थन वा विरोधमा जुलुस प्रदर्शन गर्न आवश्यक नरहेको बताए। 

जुलुस निकाल्ने तयारी गर्ने अशोक यादवले बुधबार बिहान प्रदेश सदस्य सुखराम यादवको घरमा उमेश यादव, संजय यादवसहित बसेको बैठकले सातवटा नारा तय गरेर प्रदर्शन गर्ने तयारी गरेको थियो। प्रदर्शनका लागि भेला भएपछि अचानक उमेश यादवले कुरा फेरेको केहीले आरोप लगाएका छन्। 

दुवै पक्षको अडान र दम्भले पार्टी विभाजनको जोखिम बढेको भन्दै युवाहरुले एकता बचाउन सक्रिय हुनुपर्ने शिवकान्त सुमनले बताए। उनले नेताहरुको पक्षमा विभाजित हुनुभन्दा नेतालाई खबरदारी गर्नुपर्ने आवश्यक्ता औंल्याए।

पार्टीको एकता बचाउन युवा नेताको सक्रियता र दबाबपछि असार २६ गतेसम्मका लागि स्थायी समिति स्थगन गरेर शीर्ष नेता फेरि छलफलमा जुटे पनि कुनै निष्कर्ष निस्केको छैन।   
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.