बारेकोट पहिरो अपडेट : तीनको मृत्यु,१२ बेपत्ता, एक घाइते, ३ घर बगे

बारेकोट पहिरो अपडेट : तीनको मृत्यु,१२ बेपत्ता, एक घाइते, ३ घर बगे

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका विभिन्न स्थानमा गएको पहिरोमा परी तीनजनाको मृत्यु भएको छ। १२ जना बेपत्ता छन् । एकजना घाइते भएका छन् । तीन घर पहिरोले पुरेको छ । बारेकोट ४ जिरी सार्कीटोलमा बिहीबार राती पहिरोले दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये तीनजनाको शव फेला परेको छ । मृतकको नाम खुल्न सकेको छैन । पहिरोमा बेपत्ता ९ जनाको खोजी भइरहेको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले दिएको जानकारी अनुसार बिहीबार राती अविरल वर्षा पछि गएको पहिरोले बारेकोट ४ सार्कीगाउँका गोपाल सार्की र कलु सार्कीको घर बगाएको हो।

कुशे गाँउपालिका ९ चौताराबाट पाहुन गएका चारजना पनि घटनामा परी बेपत्ता छन् । प्रहरी घटनास्थल पुगिसकेको छ । त्यस्तै बारेकोट ६ धुमाका शान्तबहादुर चलाउनेको घर पहिरोले बगाउँदा उनीसहित घरका तीनजना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले बताए । 

घटनास्थलमा टेलिफोनले नलाग्ने र प्रहरी सञ्चार सेटले समेत काम नगर्दा सूचना संकलनमा समस्या भएको उनले बताए । त्यस्तै बारेकोट ४ का लालबहादुर नेपाली पहिरोमा परी गम्भीर घाइते भएका छन् । पहिरोले घर भत्काएको र भाग्ने क्रममा उनी घाइते भएका हुन् । उनको उद्धारका लागि हेलिकोप्टर मगाइएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.