क्वारेन्टाइन बसेकालाई स्वास्थ्य सामग्री प्रदान
जाजरकोट : कोरोना संक्रमण महामारीका कारण रोजगार गुमाएर भारत तथा तेस्रो मुलुकबाट घर फर्केर भेरी नगरपालिकामा रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कारितास नेपाल र यार्सन जाजरकोटमार्फत उपलव्ध गराएको स्वास्थ्य तथा सरसफाइका सामग्रीहरु वितरण गरिएको छ ।
अष्ट्रेलियन एड, कारितास अष्ट्रेलियाको आथिक सहयोगमा कारितास नेपाल र यार्सन जाजरकोटको साझेदारीमा संचालन भइरहेको नेपाल जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रम (एनएलआरपी) ले भेरी नगरपालिकासँगको समन्वयमा उक्त सामग्रीहरु उपलव्ध गराएको हो ।
कारितास नेपालको जिल्लास्थित साझेदार संस्था यार्सन जाजरकोटमार्फत उपलव्ध गराइएको अन्य स्वास्थ्य तथा सरसफाइका सामग्रीहरु समेत नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
विपतको समयमा समुदायमा सहयोग गर्ने कारितास नेपालको विगतदेखिकै निरन्तरता स्वरुप हालको कोरोना महामारीको सन्दर्भमा पनि सहयोगलाई निरन्तरता दिँदै भेरी नगरपालिका ३ स्थित त्रिभुवन माद्यामिक विद्यालय थाप्लेमा पुरुषका लागि ५२ सेट हाइजेनिक कीट र महिलाका लागि २२ सेट डीग्नीटी कीट उपलव्ध गराइएको यार्सन जाजरकोटले जनाएको छ ।
त्यसैगरी भेरी नगरपालिकालाई सेनीटाइजर एक सय एमएलका १८ थान, पाँच सय एमएलका ६ थान, थर्मल गन २ थान, पीपीइसेट १० थान,मेडिकल ग्लोब्स ७५ सेट, केएन ढछ मास्क ५० थान,सर्जीकल मास्क ६० थान हस्तान्तरन गरिएको यार्सन जाजरकोटका जिल्ला कार्यक्रम प्रबन्धक सहदेव बस्नेतले बताए ।
आफूहरुलाई क्वारेन्टाइनमा बसेको स्थानमै आएर कार्यक्रमले सहयोग गरेको र आफूहरुको मनोबल बढाउने कार्य गरेकोमा ज्यादै खुसी भएको भेरी नगरपालिका १ का रुद्र बहादुर नेपालीले बताए । क्वारेन्टाइनमा बस्नु परेको बाध्यतालाई बुझेर सहयोगले आफूहरुमा हौसला प्रदान गरेको भेरी नगरपालिका २ कौशिला नेपालीको भनाइ छ ।
कार्यक्रममा भेरी नगरपालिकाका कार्यवाहक नगरप्रमुख भावना भण्डारीले हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण आफ्नो तथा समाजको सुरक्षाका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई संस्थाले गरेको सहयोग सराहनिय भएको बताइन । क्वारेन्टाइनमा बस्दा पीडाको रुपमा भन्दा पनि सामाजिक दायित्वको रुपमा लिनुपर्ने कार्यवाहक नगरप्रमुख भण्डारीको भनाइ छ ।