दुई किलो अफिमसहित दुईजना पक्राउ

दुई किलो अफिमसहित दुईजना पक्राउ

रुकुम : अवैध लागुऔषध अफिमसहित रुकुम प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्लाको आठविसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटका दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

जाजरकोट नलगाड नगरपालिका–४, का ३४ वर्षीय विनोद रावल र सोही नगरपालिका–२ का २९ वर्षीय टेकबहादुर रावललाई पक्राउ गरिएको उनले बताए । उनीहरुको साथैमा अफिमसहित ३ थान मोबाइल पनि बरामद गरिएको डिएसपी केसीले बताए ।

राडी बजारमा रहेको ममता होटलमा रितपूर्वक खानतलासी गर्दा होटेलको माथिल्लो कोठामा राखेको उनीहरुको झोला चेकजाच गर्दा लुकाइ राखेको अवस्थामा दुई किलो अफिम फेला परेको उनको प्रहरीको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

मंगलबार साढे ४ किलो अफिमसहित जिल्लाको बाँफिकोट गाउँपालिकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । अवैध रुपमा भइरहेको लागुऔषधको कारोबार नियन्त्रण गर्नका लागि विशेष योजना बनाएर काम गरिरहेको डिएसपी केसीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.