सलहले जाजरकोटमा बाली क्षति

सलहले जाजरकोटमा बाली क्षति

जाजरकोट : जाजरकोटमा सलह प्रवेश गरेको छ । जिल्लाको नलगाड नगरपालिका -८ मा सलहले जंगल र बालीनाली पुरै ढाकेको छ । जिल्लाका सवै ठाउँमा फाटफुट रुपमा साता अघि नै सहल देखिएपनि खासै क्षति भएको थिएन ।

बिहीबार नलगाडमा भित्रिएको सलहको समूहले भने मकै र धानबालीमा क्षति पुर्‍याएको स्थानीय सरिता सिंहले बताइन् । 'जंगल पुरै ढाकेको छ । मकै बारी र धान खेतीमा पनि सहल प्रवेश गरेको छ । किसानहरु चिन्तित भएका छन्।' उनले भनिन्, ‘सलह भगाउन स्थानीयहरु बाजा बजाउने, आगो बालेर धुवाँ निकाल्ने, थाल ठटाउने गर्न थालेका छन् । त्यति गर्दा पनि भागेको छैन ।’
कृषि विकास कार्यालय जाजरकोटका प्रमुख गणेश अधिकारीले जिल्लाभर केही दिन देखि फाटफुट रुपमा देखिएको सलह बिहीबारदेखि नलगाडमा ठूलो समूह प्रवेश गरेको बताए । उनले बालीनालीमा क्षति हुन नदिन थाल ठटाउन र बाजा बजाउन आग्रह गरिएको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.