लकडाउनमै करिब ६३ करोड राजश्व संकलन

लकडाउनमै करिब ६३ करोड राजश्व संकलन

उदयपुर : प्रतिकुल समयका बाबजुद करदाता सेवा कार्यालय गाईघाटले राजश्व संकलनमा उल्लेखीय सफलता हात पारेको छ । लकडाउनकाकारण चार महिनादेखि सुनसान बनेको सेवा कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा ६२ करोड ९९ लाख ७४ हजार पाँच सय २८ रुपैयाँ १८ पैसा कर संकलन गरेको हो । 

संकलित रकम अघिल्लो आ.व. भन्दा ४३ दशमवल ५ प्रतिशत अर्थात १९ करोड ९ लाख ६१ हजार १ सय ५५ रुपैयाँ ५३ पैसाले बढी हो । आ.व. २०७५/७६ मा कार्यालयले ४३ करोड ९० लाख १३ हजार ३ सय ७२ रुपैयाँ ६५ पैसा कर संकलन गरेको कार्यालय प्रमुख सुमन बुढाथोकीले बताए । 

उनकाअनुसार आयकर ११ दशमलव १ प्रतिशत, व्याज १ सय ८ दशमलव १५ प्रतिशत र मुल्य अभिवृद्धि कर ९९ दशमलव ५२ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै घर बहाल करमा २१ दशमलव ४३ प्रतिशत, अन्त शुल्कमा २७ दशमलव ९४ प्रतिशत, स्वास्थ्य सेवा शुल्कमा ९५ दशमलव ५२ प्रतिशत र शिक्षा सेवा शुल्कमा ७४ दशमलव ६८ प्रतिशतले कमी आएको छ । 

आ.व. ०७६/७७ मा आयकर वापत २३ करोड ४९ लाख २९ हजार ३ सय ७९ रुपैँया ७५ पैसा, मूल्य अभिवृद्धि कर ३५ करोड ६१ लाख २२ हजार ४ सय ३३ रुपैयाँ ९५ पैसा र व्याज ५७ लाख ६८ लाख ३० रुपैयाँ २५ पैसा कर संकलन भएको उनले बताए ।

बहालकर वापत १ करोड ६ लाख ७५ हजार ४ सय ८३ रुपैयाँ ९८ पैसा, अन्तशुल्क २ करोड २० लाख ४१ हजार ८ सय २० रुपैयाँ, स्वास्थ्य सेवा शुल्क वापत १२ हजार १ सय १४ रुपैयाँ र शिक्षा सेवा शुल्क वापत ४ लाख २५ हजार २ सय ६६ रुपैयाँ २५ पैसा कर संकलन भएको प्रमुख बुढाथोकीले जानकारी दिए ।

जिल्लामा आयकरतर्फ १० हजार ६ सय ७० व्यवसाय दर्ता रहेका छन भने मुल्य अभिवृद्धि करमा एक हजार ३ सय ७९ व्यवसाय दर्ता रहेका छन् । अन्तःशुल्क एक हजार २७ करदाता, व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या १५ हजार ३ सय २३ कार्यालयको अभिलेखमा रहेको छ । 

बुढाथोकीले यस वर्षबाट केही संघ संस्था तथा सरकारी कर्मचारीलाई व्यक्तिगत स्थायी लेखा नम्बर अनिवार्य गरेपछि बढेको बताए । यस्तै अन्तःशुल्कमा एक हजार ६० व्यवसाय दर्ता रहेका छन् भने भुक्तानीमा कर कट्टी गर्ने संख्या ३६ रहेका छन् ।

कर कार्यालय र करदाता बिचको सम्बन्धलाई प्रगाढ बनाउन जनचेतना मुलक अभियान चलाउने लगायतका कार्यले करमा उल्लेखनीय वृद्धि भएको बुढाथोकीले बताए । बुढाथोकीले भने, 'कर कार्यालय र करदाता विच नङ र मासुको जस्तो सम्बन्ध बनाउने गरी अभियान सुरु गरेका छौ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.