दुई वर्षदेखि रोकिएको विधेयक पारित

दुई वर्षदेखि रोकिएको विधेयक पारित

पोखरा : प्रदेश सभा सचिवालयमा सचिव नियुक्तिका लागि गण्डकीमा बल्ल बाटो खुलेको छ । अन्तका प्रदेश सभामा सचिव नियुक्ति भइसक्दा पनि सत्ता र विपक्षी दलको कुरा नमिल्दा त्यस सम्बन्धी विधेयक अगाडि बढ्न सकेको थिएन । 

२०७५ साउन ३ गते प्रदेश सभामा पेस भएको प्रदेश सभा सचिवालय सम्बन्धी विधेयक प्रदेश सभाले आइतबार पारित गरेको छ । अब सचिवालयमा सचिवको राजनीतिक नियुक्ति हुनेछ । सचिव सचिवालय व्यवस्थापनको नेतृत्वकर्ता हुनेछ । संघीय संसदमा प्रशासकीय नेतृत्वका लागि महासचिव नियुक्तिको व्यवस्था जस्तै प्रदेश सभामा सचिवको प्रावधान छ । संविधानको धारा १ सय ९५ मा प्रदेश सभाको सचिव र सचिवालय सम्बन्धी व्यवस्था गरेको छ । 

प्रदेश सभा सचिवको मर्यादाक्रम र प्रदेश सभा सञ्चालक समितिमा प्रतिपक्ष कांग्रेसले विमति राख्दा प्रस्तावित विधेयक अघि बढ्न सकेको थिएन । प्रदेश सभा सचिवालय सचिवको मर्यादा प्रदेशका प्रमुख सचिव सरह हुने व्यवस्थासहित विधेयक पारित भएको हो । प्रतिपक्ष कांग्रेसले हालेको संशोधनसमेत फिर्ता लिएर सहमतिमा यो विधेयक पारित गरिएको छ । 

प्रदेश सभामा सभामुख नेतृत्वमा व्यवस्थापन समिति छ । तर त्यो अनौपचारिक हो । त्यस्तै समिति बनाउने र त्यसमा सबै दलको प्रतिनिधित्व हुनुपर्ने कांग्रेसको माग थियो । त्यस्तो माग पूरा गर्न प्रदेश सभा सञ्चालन सम्बन्धी नियमावलीमा व्यवस्था गर्ने सहमति सत्तारुढ नेकपा र प्रतिपक्ष कांग्रेसले गरेपछि सचिवालयसम्बन्धी विधेयक अघि बढेको हो । 

प्रदेश सभामुखको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको सचिव नियुक्त गर्ने व्यवस्था भएको छ । सचिव नियुक्ति अधिकार सभामुखमा हुन्छ । स्नातकोत्तर गरेको, ४५ वर्ष पुगेको र ६० वर्ष नकाटेको व्यक्तिलाई सभामुखले सचिव सिफारिस गर्न सक्नेछन् । कुनै पनि देशको आवासीय भिसाका लागि आवेदन नदिएको व्यक्ति हुनेपर्ने पनि विधेयकमा सर्त छ । सचिवको नियुक्ति ५ वर्षका लागि हुनेछ । 

सचिवालय व्यवस्थापन समिति सभामुखको अध्यक्षतामा बन्ने विधेयकले व्यवस्था गरेको छ । समितिमा उपसभामुख सदस्य र प्रदेशसभा सचिवालयका सचिव सदस्य रहने छ । 

संसद सचिवालय व्यवस्थापनका लागि सबै दलका प्रमुख सचेतक, सचेतक वा दलले तोकेको प्रतिनिधि सदस्य रहने व्यवस्था गर्न २०७५ साउन ४ गते कांग्रेसका मुख्य सचेतक मणिभद्र कँडेलले संशोधन प्रस्ताव दर्ता गराएका थिए । उनले आइतबारको बैठकमा उक्त प्रस्ताव फिर्ता लिए ।
  
आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले पेस गरेको विधेयक आइतबारै छलफल गरी पारित भएको हो । विधेयकमाथिको छलफलमा सांसदहरु मणिभद्र शर्मा कँडेल, मायानाथ अधिकारी, गायत्री गुरुङ, कृष्ण थापा र मेखलाल श्रेष्ठले भाग लिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.