पोषणको पुरस्कार कुपोषितलाई सहयोग

पोषणको पुरस्कार कुपोषितलाई सहयोग

बाजुर : नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष पत्रकार प्रकाश सिंहले पोषण क्षेत्रबाट पाएको पुरस्कार रकम जिल्लाका विपन्न र कुपोषितलाई सहयोग गरेका छन् ।  

गत वर्ष सिंहले नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) द्वारा स्थापित सामुदायिक पत्रकारिता पुरस्कारबाट पाएको ५ सय अमेरिकी डलर रकम विपन्न र असायलाई सहयोग गरेका छन् । हिमाल खबर पत्रिकामा कुपोषित बाजुरा शिर्षकमा समाचार प्रकाशन पछि सिंहले अन्तराष्ट्रिय सञ्जाल (इन्जा) पुरस्कार पाएका थिए । 

दि हिमालयन टाइम्स बाजुरा संवाददाताको रुपमा बाजुराबाट विगत लामो समयदेखि काम गर्दै आएका पत्रकार तथा समाज सेवी प्रकाश सिंहले जुन क्षेत्रबाट अवार्ड पाएका थिए, त्यही क्षेत्रमा सहयोग गर्ने घोषण गरेका थिए ।  

अवार्ड पाएको बेला सिंहले अलपत्र परेका, कुपोषित तथा उपचार नपाएका बालबालिकालाई सहयोग गर्ने घोषण गरेका थिए । कुपोषणको शिकार भएका र उपचार नपाएका बाजुराका बालबालिकाको वास्तविकताबारे विभिन्न लेख रचना लेखेर उक्त पुरस्कार पाएका थिए ।
 
उनले पाएको रकम बुढिनन्दा नगरपालिका १ का पूर्वा दमाइको कुपोषित छोराको उपचारमा सहयोग गरेका छन् । कुपोषितले थलिएको उनका २ महिनाका छोरालाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार असम्भव नभएपछि कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रले रिफर गरेको थियो । 

पूर्वासँग छोरालाई उपचार गराउन जिल्ला अस्पताल ल्याउन रकम अभावपछि घर गएकी फर्किएकी थिइन। समाज सेवी सिंहले उक्त पूर्वाको समस्या थापा पाएपछि उनलाई सहयोग गरेका थिए । अहिले कुषोषित बच्चा ठिक भएर घर गइसकेको छ।

त्यस्तै जगन्नाथ गाउँपालिका ५ मा पुल्ति रावलको बच्चा पाएको ४ घण्टामै मृत्यु भएको थियो । उनको शिशुसहित ४ नाबालक छोराछोरी अलपत्र परेका थिए।सिंहले उक्त नाबालक शिशुलाई दूध, अन्य भाइबहिनीलाई लुगाकपाडा र खाद्यान्न सहयोग गरेका थिए । त्यस्तै स्वामिकार्तिक खापर गाउँपालिका १ साप्पाटाकी बसन्ती लुहारको उपचार अभावमा मृत्यु भएको थियो । उनका नाबालक २ कुपोषित बच्चालाई सहयोग गरेका सिंहले पुल्ति रावल र बसन्तीका बालबालिकाको  उद्वार गरी अहिले एसोएसको संरक्षणमा रहेका छन् ।

'मैले पुरस्कार पाए भन्दा बढी रकम सहयोग गरेको छु,' सिंहले भने,' त्यो अवार्डको सबै रकम तीन परिवारका बालबालिकालाई सहयोग गरेको हुँ।' आफ्नो सानो रकमले ठूलो सहयोग नहोला तर कुपोषणको चपेटामा परेका केही बालबालिकालाई लिटो खुवाउन र हजार रुपैयाँ नपाएर उपचार अभावमा तड‍्पिइरहेका बालबालिकालाई सहयोग पुग्ने सिंहले बताए।

पत्रकार महासंघ बाजुरा शाखाको अध्यक्ष समेत भएका सिंहले विगतमा पनि यस्तै पुरस्कारको रकम र पत्रकार महासंघको अध्यक्ष भएको विभिन्न कार्यक्रमको बैठक भत्ता पनि सामाजिक सेवामा खर्च गर्दै आइरहेका छन्।उनले ३ वर्षमा मात्र भत्ता वाफतको ५८ हजार ५ सय रकम असाहयलाई सहयोग गरेको बताए।

यसअघि सिंहले बाजुराका ग्रामिण क्षेत्रका आर्थिक अभावमा उपचार नपाएर अलपत्र परेका १८ जना बिरामी र अन्य अलपत्र परेका असाहयका लागि सहयोगवापत संकलन भएको ६० लाख बढी रकम हस्तान्तरण गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.