पहिरोले घर बगाउँदा दुईको मृत्यु, चारजनाको उद्धार

पहिरोले घर बगाउँदा दुईको मृत्यु, चारजनाको उद्धार

रुकुम : रुकुम पश्चिममा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका-९ स्यालामा मंगलबार बिहान घरमाथिबाट पहिरो आउँदा दुई युवाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार रातभर परेको अविरल वर्षापछि आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाएको हो । पहिरोले घर बगाउँदा जसबीरका २२ वर्षीय छोरा नवीन विक र छिमेकीका १६ वर्षीय छोरा बलबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए । 

पहिरोले घर बगाएको ५ घण्टा पछि नवीन र बलबहादुरको शव भेटिएको थियो । उक्त घटनामा अन्य ४ जनाको उद्धार गरिएको डिएसपी केसीले जानकारी दिए ।  जसवीरकी पत्नी ६० वर्षीया झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी ५ वर्षीया कोपिला कामी र ३ वर्षीया रितु कामीको उद्धार गरिएको थियो । 

घरभन्दा १० मिटरमाथिबाट आएको पहिराले उक्त घर झण्डै डेढ सय मिटर तल रहेको किमाना खोलामा पुर्‍याएको छ । घरको माथिल्लो तलामा सुतेकालाई प्रहरी र स्थानीयले जीवितै उद्धार गरेका थिए भने तल्लो तलामा सुतेका नवीन र बलबहादुर घरसँगै बगेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.