पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६२ प्रतिशत सकियो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ६२ प्रतिशत सकियो

पोखरा : राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ६२ प्रतिशत सकिएको छ। लकडाउनमा घर गएका नेपाली मजदुर र चीनबाट आउनु पर्ने आवश्यक मजदुर आउन नसक्नु, निर्माण सामाग्री अभाव लगायतका समस्याकाबीच विमानस्थल निर्माणको काम निरन्तर भइरहेकोले लक्ष्य अनुसार काम हुन नसके पनि यो उपलब्धी हासिल भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण आयोजना प्रमुख विनेश मुनंकर्मीले जानकारी दिए। अहिलेसम्म १२ अर्ब भुक्तानी भइसेको पनि उनले जानकारी दिए। 

कोभिड—१९ सक्रमण हुनुअघि सम्म विमानस्थल निर्माणको काम सक्नु पर्ने समयसिमाभन्दा ६ महिना अघि सकेर हस्तान्तरण गर्ने गरी काम भइरहेको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीइले बताउँदै आएको थियो। कोरोना संक्रमणसँगै काम गरिरहेका नेपाली मजदुर पनि धेरैजसो घर फर्कनु, चीनबाट आउनु पर्ने मजदुर र प्राविधिक पनि चाहिए अनुसार आउन नसक्नु, सामान ढुवानीमा समस्या लगायतका कारण समय सीमाभन्दा ६ महिनअघि सक्ने लक्ष्य भने पूरा नहुने अवस्था आएको आयोजना प्रमुख मुनंकर्मीले बताए। अहिलेसम्म निर्माण कम्पनीले काम गरेको आधारमा १२ अर्ब भुक्तानी दिइसकेको पनि उनले जानकारी दिए। 

३ सयको हाराहारीमा रहेका नेपाली मजदुर कोरोना भाइरस लगतै घर फर्केकोले घटेर सयको हाराहारीमा अहिले काम गरिरहेको उनले बताए। अहिले चाहेर पनि मजदुर ल्याएर काम लगाउने अवस्था छैन। घर फर्केका मजदुर काममा फर्कन पहिले पीसीआर गर्नु पर्ने हुन्छ। पीसीआर टेष्ट नगरी मजदुरलाई काममा नर्फकाउने निर्माण कम्पनीले जनाएकोले छ। एक जनामा कोरोना भए विमानस्थल निर्माणमा नै असर गर्ने भाएकोले सचेत हुनु पर्ने अवस्था रहेको उनले बताए। पीसीआर टेष्ट गराउने व्यवस्था मिलाएर मजदुर थप्ने योजना ठेकेदार कम्पनीको छ। यसै गरी चीनबाट इक्युपमेण्ट फिट गर्ने प्राविधिकहित २ सय मजदुर आउनु पर्ने उनले बताए। अन्तर्राष्ट्रिय विमान संचालनमा नआएकोले चीनबाट आउनु पर्ने मजदुर आउने क्रम  र चीनबाटै आउने सामान पनि आउने क्रम निरन्तर हुनु पर्ने छ। 

समयमै मजदुर काममा फर्कन सके र निर्माण सामाग्री आउने क्रम नरोकिय अझै पनि समय सीमाभित्रै विमानस्थलको निर्माण सकिने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण आयोजना प्रमुख मुनंकर्मीले बताए। पोखरा विमानस्थलमा अहिले म्यानेजमण्टमा समेत गरी २ सय ४४ जना चिनियाँ र १ सय नेपालीले काम गरिरहेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म ट्याक्सी पार्क, हेंगर, विमानस्थल प्रवेश गर्ने राजमार्गदेखि ट्रमिनल भवनसम्मको सडक निर्माण लगायतका काम सकिएको उनले जानकारी दिए। 

एयर ट्राफिक टावर, ट्रमिलन भवनको स्टक्चर निर्माण लगायत भवनको स्टक्टर निर्माण काम सम्पन भएर फिनिसिङको काम भइरहेको उनले बताए। यसै गरि खानेपानीको काम, ढल निकासको काम केही सम्पन्न भएको र केही काम सप्नन्न हुने अवस्थामा रहेको जानकारी दिए। २ हजार ५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइ रहेको रन वेको सिमेन्टेड ढलान यस घि नै सकिएको छ। 

इक्यिपमेण्ट इन्सटलको काम धेरै बाँकी रहेको चीनबाट आउनु पर्ने निर्माण सामाग्री आउने क्रम ढिला नभए ६ महिनाभित्रमा थप २५ प्रतिशत काम सकिने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण आयोजना प्रमुख मुनंकर्मीले जानकारी दिए। यो वर्ष २० प्रतिशत काम भयो। सामान्य अवस्थामा भएको भए अहिले थप १० देखि १३ प्रतिशत काम बढी भएर कुल ७५ प्रतिशत काम सकिएको हुने उनले सुनाए। यस वर्ष कामको लक्ष्य पनि धेरै लिएको उनले बताए। गत वर्ष पनि लक्ष्यभन्दा बढी काम भएको थियो। गत वर्ष कुल कामको २७ प्रतिशत काम भएको थियो। अघिल्लो वर्ष २० प्रतिशत र त्योभन्दा अघिल्लो वर्ष १५ प्रतिशत काम सकिएको थियो। अब भने फिनिसिङ्को काम भढी भएकोले सामान आउने क्रम नरोकिए र चीनबाट आउनु पर्ने मजदुर बेलैमा आए तोकिएकै समयमा काम सम्पन्न हुने उनले दोहोर्‍याए।  

सन् २०२१ को जुलाई १० मा सक्नु पर्ने सम्झौता भए पनि तोकिएको समय सीमाभन्दा ६ महिनाअघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको थियो। पोखरा महानगरपालिका वडा नम्बर १४ मा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम सुरु गरेको हो। विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ। 

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ। अन्तर्राष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मादण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२०  वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन्। २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.