स्याङ्जामा औषधी व्यवसायीसहित थप ९ जनामा संक्रमण

स्याङ्जामा औषधी व्यवसायीसहित थप ९ जनामा संक्रमण

स्याङजा : केही दिनदेखि संक्रमित बढीरहेको स्याङजामा बुधबार साँझ फेरि ९ जनामा कोरोना पुष्टि भएको छ। गल्याङ नगरपालिकाका ८ जना र पुतलीबजार नगरपालिकाका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

संक्रमितमध्ये ६ जना गल्याङको क्वारेन्टाइनमा बसेका हुन् भने एक जना प्रहरी कर्मचारी र एक जना औषधी व्यवसायी हुन्। यसैगरी, पुतलीबजारका पनि प्रहरी कर्मचारी नै हुन्। ठूलो संख्यामा प्रहरी कर्मचारीमा कोरोनाको संक्रमण देखिएको छ। 

योसँगै स्याङजामा ३९ जना प्रहरी कर्मचारी संक्रमित भएका छन्। यसैगरी पछिल्लो अद्यावधिक विवरणअनुसार स्याङजामा २ सय ५२ जना कोरोना संक्रमित पुगेका छन् भने १ सय ८८ निको भएर घर फर्केका छन्। कोरोनाका कारण २ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.