बेलकामा समुदायस्तरमै फैलियो कोरोना, संक्रमितको संख्या उदयपुरमा ८७ पुग्यो

बेलकामा समुदायस्तरमै फैलियो कोरोना, संक्रमितको संख्या उदयपुरमा ८७ पुग्यो

उदयपुर : उदयपुरको बेलका नगरपालिकामा थप दुईजनामा कोरोना पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट बिहीबार बेलका नपा ९ का ३५ वर्षीया महिला र २० वर्षीय युवामा कोरोना पोजिटिभ देखिएको हो ।

दुबैजना व्यापारी हुन् । महिला कपडा व्यापारी हुन भने पुरुष होटल सञ्चालक हुन् । व्यापारीमा कोरोना देखिएपछि त्यस क्षेत्रमा कोरोना समुदायस्तरमा नै फैलिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । 

उनका अनुसार केही दिनअघि एकै परिवारका चारसहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने आंशका गरिरएको थियो।

उनले भने, 'शुक्रबारदेखि मास्क अनिवार्य गरिने छ। अटेर गरे दण्डित गर्ने गरी सुरक्षाकर्मीलाई निर्देशन गरिसकिएको छ ।' कोरोनाको इपिसेन्टर बनेको त्रियुगा नगरपालिका क्षेत्र पछिल्लो समय नियन्त्रणमा आएसँगै बेलका नगर क्षेत्रमा कोरोना फैलिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले जानकारी दिए । 

उनले समुदायस्तरमा नै कोरोना फैलिसकेकाले नियन्त्रणमा केही कठिनाई भएको बताए । योसँगै जिल्लामा संक्रमितको संख्या ८७ जना पुगेको छ ।  त्यसमध्ये २२ जना महिला र ६५ जना पुरुष रहेको सुवेदीले बताए । पोजिटिभ देखिएकामध्ये सबैभन्दा बढी त्रियुगा नपामा ३७ जना पुरुष, १३ जना महिला गरी ५० जना, बेलकामा ५ महिलासहित २४ जना, कटारीमा ७, चौदण्डीमा नपामा १, ताप्लि गाउँपालिकामा ३  र उदयपुरगढी गापामा २ रहेका छन् । 

कार्यालयका अनुसार हालसम्म एक हजार २ सय ९९ महिलासहित ५ हजार १ सय १३ जनाको पिसिआर टेष्ट गरिएको छ । त्यसमध्ये ४ हजार ७ सय ११ जनाको रिर्पोट आईसकेको छ । त्यस्तै ८ सय ८ जनाको आरडीटी गरिसकिएको छ 
 
तथ्यांकअनुसार स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइनमा १२ महिलासहित १ सय ११ जना रहेका छन् भने १८ महिलासहित ४ सय ७२ जना होमक्वारेन्टाइनमा छन् ।  एक साताअघि अचानक कोरोना थपिएपछि स्थानीय प्रशासन र बेलका नपाले अनिश्चितकालका लागि नगरपालिकको रामपुर बजार बन्द गराउनुको साथै बजार एरिया सिल गरेको प्रजिअ पाण्डेले बताए । प्रजिअ पाण्डेले सङ्क्रमित ब्यक्तिसँगको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको काम सुरु गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.