स्वास्थ्य मन्त्रालयका चिकित्सक र परिवारका चार जनालाई कोरोना

स्वास्थ्य मन्त्रालयका चिकित्सक र परिवारका चार जनालाई कोरोना

भक्तपुर : स्वास्थ्य मन्त्रालयमा कार्यरत एक चिकित्सकसहित उनको परिवारका चार सदस्यलाई कोरोना संक्रमण भएको छ। मन्त्रालयको हेल्थ अप्रेसन सेन्टर (एचईओसी) मा कार्यरत चिकित्सकसँगै उनका बुबाआमा, श्रीमती र एक वर्षीय छोरालाई कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयले सोमबार गरेको नियमित प्रेस ब्रिफिङमा उनीहरुलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरिएको थियो। ३२ वर्षीय चिकित्सकसँगै उनका ६० वर्षीय बुबा, ५५ वर्षीया आमा, २९ वर्षीया श्रीमती र एक वर्षीय छोरालाई कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए।

उनका अनुसार उनीहरु तीनदिनअघि वीरगञ्जबाट काठमाडौं आएका थिए। काठमाडौं आएपछि उनीहरुले पाटन अस्पतालमा कोरोना परीक्षण गरे। कोरोना परीक्षणलगत्तै उनीहरु भक्तपुरस्थित घर पुगेर होम आइसोलेसनमा बसेको पाइएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले बताए।

‘वीरगञ्जबाट फर्केपछि पाटन अस्पतालमा कोरोना परीक्षण गरेको पाइएको छ’, उनले भने, ‘कोरोना परीक्षणपछि घरमा रहेका अन्य सदस्यहरुलाई आफन्तको पठाएर उहाँहरु होम आइसोलेसनमा बसेको जानकारीमा आयो।’ प्रमुख मिजारका अनुसार उनीहरु काम विशेषले वीरगञ्ज पुगेका थिए। पछिल्लो समय वीरगञ्जमा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको छ।

मन्त्रालयले भक्तपुरका पाँच जनामा कोरोना संक्रमण भएको पुष्टि भएको बताए पनि भक्तपुरका सात जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको प्रमुख मिजारले जानकारी दिए।उनका अनुसार सोमबार महानगरीय प्रहरी वृत्त ठिमीमा कार्यरत २९ वर्षीय एकजना प्रहरी जवानमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

त्यस्तै भक्तपुर नपा २ व्यासीस्थित भक्तपुर औद्योगिक क्षेत्रस्थित एक उद्योगमा कार्यरत ४६ वर्षीय मजदुरलाई पनि कोरोना संक्रमण भएको उनले जानकारी दिए।सूर्यविनायक नपा ८ सिपाडोलको आदर्श चोकस्थित २९ वर्षीया महिलालाई पनि कोरोना संक्रमण पुष्टि भएको प्रमुख मिजारले जानकारी दिए।

उनले सोमबार संक्रमण पुष्टि भएका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य भइरहेको बताए। सोमबारसम्म भक्तपुरमा कोरोना संक्रमितको संख्या ६६ पुगेको छ। जसमध्ये ५० जना कोरोनालाई जितेको स्वास्थ्य कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.