बाराका थप १७ जनामा कोरोना पुष्टि

बाराका थप १७ जनामा कोरोना पुष्टि

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्रका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

उपमहानगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा परीक्षणका लागि स्वाब दिएकामध्ये १७ जनामा कोरोना देखिएको हो । कोरोना पुष्टि हुनेमा उपमहानगरका कर्मचारी, पत्रकार र स्थानीय समेत छन् । क्वारेन्टाइनमा स्वाब संकलन गरिएको एक सय ५० मध्ये १७ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

जीतपुर स्वास्थ्य चौकीका कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिकाले केही दिनअघि आफ्ना कर्मचारी र स्थानीयको स्वाब संकलन गरेर परीक्षणका लागि वीरगन्ज पठाएको थियो । परीक्षणका लागि पठाएकामध्ये स्वास्थ्यसहित अन्य शाखाका कर्मचारी, एक पत्रकार र स्थानीयमा कोरोना पुष्टि भएको हो । 

यसअघि मंगलबार उपमहानगरपालिकाको एक स्वास्थ्य कर्मचारी, दुई सशस्त्र प्रहरीसहित चार जनामा कोरोना देखिएको थियो । समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि उपमहानगरपालिकाले परीक्षणको दायरा बढाउदै लगेको छ । 
 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.