सशस्त्र प्रहरी अस्पतालमा पीसीआर ल्याब र आइसीयु उद्घाटन

सशस्त्र प्रहरी अस्पतालमा पीसीआर ल्याब र आइसीयु उद्घाटन

काठमाडौं : सशस्त्र प्रहरी बलले काठमाडौंको चन्द्रागिरी नगरपालिकाको बलम्बुमा सञ्चालन गर्दै आएको अस्पतालमा पीसीआर ल्याब सञ्चालनमा ल्याइएको छ । अस्पतालले ६ शय्याको आइसीयु वार्डलाई २० शय्यामा समेत स्तरोन्नति गरेको छ ।कोरोना भाइरसको संक्रमण बढ्दै आएपछि सशस्त्र प्रहरीले कोभिड डेडिकेटेड अस्पतालको क्षमता बढाएको हो ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले बुधबार एक कार्यक्रमबीच अस्पतालमा सञ्चालनमा ल्याइएको पीसीआर ल्याब र आइसीयु वार्ड उद्घाटन गरेका छन् ।सशस्त्र प्रहरीको उक्त अस्पतालमा कोरोना भाइरस संक्रमितहरुको उपचार हुँदै आएको छ । अहिले पनि अस्पतालमा एकसय १७ जनाको उपचार भइरहेको छ । जसमध्ये दुईजनाको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

उक्त अवसरमा सशस्त्र प्रहरी बलका महानिरीक्षक खनालले विद्रोहीसँग युद्ध लड्नुपर्ने सुरक्षाकर्मीहरुले कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बेला आएको बताए ।विद्रोहीहरुविरुद्धको युद्धमा विजयी भएजस्तै कोरोना भाइरसविरुद्धको लडाइँमा सुरक्षाकर्मीसँगै सिंगो देश विजयी हुने उनले विश्वास व्यक्त गरे ।

'कोरोना भाइरसको महामारीविरुद्धको लडाइँ पनि युद्धसमान हो’, महानिरीक्षक खनालले भने, ‘विद्रोहीविरुद्ध लड्दै आएको सशस्त्र प्रहरीको काँधमा कोरोना भाइरसको महामारीविरुद्ध लड्ने जिम्मेवारी आएको छ । यस लडाइँमा हामी विजयी हुनुपर्छ ।'

अस्पतालका अप्रेसन अधिकृत एवं सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीण नेपालले कोरोना भाइरसविरुद्धको लडाइँमा विजय हासिल गर्न अस्पतालको क्षमता बढाएको स्पष्ट पारे ।उनले २० शय्याको आईसीयूमा आठवटा भेन्टिलेटर मेसिनको व्यवस्था रहेको जानकारी दिए ।उनका अनुसार अस्पतालको क्षमता २ सय शय्या रहेको छ ।

उपचाररत एक वृद्धाको मृत्यु

यसैबीच अस्पतालमा कोरोना भाइरस संक्रमणको उपचार भइरहेकी एक वृद्धाको बुधबार मृत्यु भएको छ ।सर्लाही मलंगवा नगरपालिका ६ की ६५ वर्षीया वृद्धाको मृत्यु भएको अस्पतालका अप्रेसन अधिकृत डा. नेपालले जानकारी दिए ।

उनका अनुसार स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेकी उनलाई सशस्त्र अस्पतालमा रिफर गरिएको थियो ।साउन १६ गते मनमोहनमा उनको कोरोना परीक्षण गरिएको थियो । जसको रिपोर्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले बताए ।

संक्रमण पुष्टि भएपछि साउन १९ गते सशस्त्र अस्पतालमा रिफर गरिएर उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको डा. नेपालले जानकारी दिए ।उनका अनुसार वृद्धाको मृत्युपछि कुरूवा बसेका उनका दुई छोराको पनि कोरोना भाइरसको परीक्षण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.