प्रहरी उपरीक्षकसहित ३ प्रहरीले जिते कोरोना

प्रहरी उपरीक्षकसहित ३ प्रहरीले जिते कोरोना

स्याङ्जा : स्याङजाका प्रहरी उपरीक्षकसहित ३ प्रहरीले कोरोना जितेका छन् । उनीहरुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रादेशिक कार्यालय पोखराले जनाएको छ । 

जिल्ला प्रहरी प्रमुख (एसपी) विमलराज कणेलसहित हवल्दार मिनबहादुर शाही र प्रहरी जवान मरकध्वज चौधरीले कोरोना जितेका हुन् ।  समुदायको सेवाका निम्ति अग्रपंक्तिमा खटिएर काम गरेका प्रहरी प्रमुख कणेलसहित ४० जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।

अझै ३७ जना भिरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा उपचाररत छन् । साउनको पहिलो साता ३ जना प्रहरी कर्मचारीमा संक्रमण देखिएको थियो । साउन १२ गतेको प्रहरी प्रमुख कणेलमा कोरोना संक्रमण पुष्टि भएपछि उनी आइसोलेट भए । 

आफ्नै निवासमा बसेर नियमित व्यायाम र खानपानमा ध्यान पुर्‍याउँदै आएका प्रमुख कणेलले नवौं दिनमा कोरोना जित्न सफल भएको स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । 

जिल्लाको उच्च पदमा रहेर कोरोना संक्रमित हुने उनी पहिलो व्यक्ति हुन् ।  यसैगरी, गण्डकी प्रादेशिक कार्यालय पोखराले बिहीबार फेरि स्याङजाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

संक्रमित हुनेमा फेदिखोला गाउँपालिकाका २७ र ३९ वर्षीय पुरुष रहेको प्रादेशिक निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए । उनीहरु भारतवाट आइ क्वारेन्टाइनमा बसेका जिल्ला स्वास्थ्य प्रमुख शर्माले बताए । उनका अनुसार योसँगै स्याङ्जामा संक्रमण पुष्टि हुनेको संख्या २ सय ८२ पुगेको छ ।

उपचारपछि १ सय ९८ जना निको भएर घर फर्केका छन् भने ८२ जना विभिन्न आइसोलेसनमा उपचाररत छन् । कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.