स्याङ्जा बन्द एक साता थपियो

स्याङ्जा बन्द एक साता थपियो

स्याङजा : स्याङ्जामा कोरोना संक्रमण बढेको जनाउँदै प्रशासनले जिल्ला बन्दलाई फेरि एक साता लम्ब्याएको छ। समुदायसम्म कोरोनाको सक्रमण बढेपछि अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्न र यसअघि जारी गरेको निधेषाज्ञा यथावतै राख्नेगरी साउन २९ गतेसम्मका लागि पुन: जिल्ला बन्द गर्ने निर्णय गरेको हो। 

यसअघ जारी १० दिन घोषित स्याङजा बन्द शुक्रबार (आज) सकिएसँगै पुनः ७ दिन थप गरेको हो। यसअघि अत्यावश्यक सेवाबाहेक बन्द गर्ने निर्णय साउन १३ गते बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेकोे थियो। 

भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्ति र समुदायमा समेत संक्रमण देखिएकाले थप सतर्कता अपनाउन साउन २९ गतेसम्म जिल्ला बन्दको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गंगााबहादुर क्षेत्रीले जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालयद्धारा जारी सूचना अनुसार जिल्लाभित्रको निषेधाज्ञा र बन्दाबन्दी २९ साउनसम्म कायमै रहने र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने आग्रह गरिएको  छ। अनिवार्य रुपमा मास्क लगाउन, राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल नगर्न, स्वास्थ्य सुरक्षा मापदण्ड विपरितका कार्य नगर्न, नगराउन र भेला, गोष्ठी, सेमिनार भोजभतेर लगायतका निषेधित क्रियाकलपान नगर्न सूचित गराइएकोे छ। सूचनाको बर्खिलाप गरी अन्य क्रियाकलाप भएमा संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित नेपाल कानून बमोजिम कारवाही गरिने जनाइएको छ। 

स्याङ्जामा शुक्रबारसम्म २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.