यी हुन् पहिरोको उच्च जोखिम रहेका बाजुराका एक सय बढी बस्ती

बाजुरा : लगातारको वर्षा सँगै बाजुरामा १ सय भन्दा बाढि पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार बाजुराका ९ वटै स्थानीय तहका १ सय १६ बढि गाउँ बाढी पहिरोको जोखिममा रहेका तथ्याड्ढ छ।
जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य योजना २०७७ मा १ सय १६ गाउँ जोखिममा रहेको छ। ती गाउँ अन्य ठाँउ स्थान्तरण गरिनुपर्ने जनाएको छ। ती गाउँहरु सधैको वर्षातमा जोखिम हुने गरेको केही परिवार पुर्ण रुपमा विस्थापित हुने भएकाले गाउँका हजारौं परिवारलाई अन्य ठाँउमा सारिनुपर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए। त्रिबेणी नगरपालिकामा १३ गाउँका ९ सय ७१ परिवार उच्च जोखिममा रहेको छन्। ती परिवारलाई अन्यत्र सार्नुपर्ने प्रतिकार्य योजनामा उल्लेख छ। नगरपालिकाको १ विसाल बजारका १ सय ७० घरधुरी, वडा नम्बर २ को सिम्ला, सिन्नेकोट २ सय ७२ घरधुरी, वडा नं ४ को पीपलसैन राउतेलाका १ सय ५७ घरधुरी, वडा ५ को किम्नीका २ सय १७ घरधुरी लगायत जोखिममा रहेका छन्।
बुढिगंगा नगरपालिकामा २५ गाउँका ६ सय २५ परिवार उच्च जोखिममा रहेको तथ्याङ्क छ। खप्तड छेडेदह गाउँपालिकामा १४ गाउँका ३ सय ३२ परिवार जोखिमा रहेका छन्। गाउँपालिका मेलतोला, आरुगडा, नाउली खोला, गाँज्रा, बल्दे, घट्टेखोला धनाल्त, टुनीसैन, गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाउँलगायत उच्च जोखिममा छन्।
त्यस्तै बुढिनन्दा नगरपालिकामा १० गाउँ जोखिममा छन्। नगरपालिकाका पिपलडाली, साउने गाउँ, दैया, मटेला, पारतोला, जंसाल, रावतवाडा, कोल्टी वजार घोडाकोट, भुलेना, सिराडी, नौलाकोट गाउँ स्तान्तरण गरिनु पर्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। जगन्नाथ गाउँपालिका मुसेखोला, तल्लो हुनी र वस्केना गरि ३ गाउँ उच्च जोखिममा रहेका छन्। त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिका ९ गाउँ जोखिममा रहेका छन्। गाउँपालिका वर्कु, रुडी, जोरु, मुक्तिकोट, सुपाना, पुडेनी, जुकु, वाइ, मिगु गाउँ जोखिममा रहेको गाउँपालिका अध्यक्ष चिरिञ्जीवी शाहीले वताएका छन्। हिमाली गाउँपालिका ५ वटा गाउँ जोखिममा रहेका छन्।
बडिमालिका नगरपालिका १५ गाउँ उच्च जोखिममा रहेका छन्। तिपाडा, वलेना, जडाँगा, राप्का, बाउली गडखेत, भौनेरा, घागर र चुथी जोखिममा रहेका छन्,। त्यस्तै मैमातोला, विष्टवाडा, जिल्ली, सिराडी, बथानलेख, सल्लेना, पाटा रहेका छन्। गौमुल गाउँपालिका २१ गाउँका ३ सय ३२ परिवार उच्च जोखिम रहेका छन्। गैरसरकारी महासंघ बाजुराका सचिब कृष्ण अधिकारीले भने जिल्लामा धेरै जिल्लामा धेरै परिवार उच्च जोखिममा भएपनि सरकारले बस्ती स्तान्तरण कुनै पहल नगरेको वताएका छन्। बर्षातमा अधिकांश परिवार घर छोडेन गरेको उनले वताएका छन्। गाउँ गाउँमा डोजर मार्फत सडक खन्दा पनि उच्च जोखिममा बनेका छन्।
प्रतिक्रिया दिनुहोस !
