निषेधाज्ञापछि तीन नगरपालिका ठप्प

निषेधाज्ञापछि तीन नगरपालिका ठप्प

उदयपुर  : कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलन थालेपछि स्थानीय प्रशासनले बिहीबारदेखि जिल्लाका तीन नगरपालिकामा निषेधाज्ञ जारी गरेको छ । राती १२ बजेदेखि लागू हुनेगरी भदौ ७ गतेसम्मका लागि आव्हन गरेको निषेधाज्ञका कारण सदरमुकाम रहेको त्रियुगा, चौदण्डि र बेलका नगरपालिका पूर्णरुपले ठप्प छन् । बिहानैदेखि अत्यावश्यक सवारीसाधन र पसलबाहेक अन्य खुलेका छैनन् । 

दुई दिनअघि  प्रहरीले बजार तथा गाउँगाउँमा निषेधाज्ञ समयमा घरबाट बाहिर ननिस्कन भन्दै माइकिङ गरेपछि सर्वसाधरण बाहिर निस्केका छैनन् । तीनवटै नगरपालिकाका सम्पूर्ण क्षेत्रमा लागू हुनेगरी निषेधाज्ञ जारी गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।

निषेधाज्ञ जारी भएका ती पालिकामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञ जारी गर्नु परेको उनले बताए । प्रशासनको निषेधाज्ञका कारण सदरमुकाम गाईघाट, मोतिगडा, वगाहा, देउरी, जलजले, लालपत्ता, चौदण्डिगढीको बेल्टार, बसाहा, बेलकाको रामपुर, लालवजार, तपेश्वरी लगायतका क्षेत्र पूर्णरुपले ठप्प भएका छन् ।

बिहानदेखि सुनसान बनेका यी क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । निषेधाज्ञ अवज्ञा गरेमा कारबाही हुने चेतावनी प्रशासनको छ । सर्वसाधारणमा कोरोना सतर्कताप्रति लापरवाही देखिएसँगै कोरोनाको जोखिम बढेको प्रशासनको निष्कर्ष छ ।प्रशासनले नगरवासीलाई अत्यावश्याक कामबाहेक घर बाहिर ननिस्कन र हिडडुल नगर्न अनुरोध गरेको छ ।

निषेधाज्ञलाई कडाई गर्न प्रशासनले हाल सवारी पाससमेत बन्द गरेको छ । मृत्यु, संस्कार र औषधि उपचारबाहेकका सबै कामका लागि पास बन्द गरिएको प्रशासनले जनाएको छ।

खाद्यान्नका लागि हरेक दिन बिहान ९ देखि १२ बजेसम्म खाद्य पसल खोल्न दिने प्रशासनले निर्णय गरेको छ । खाद्यान्न किन्दा पनि सर्वसाधारणले सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने भनिएको छ साथै पसलेले सामाजिक दुरी कायम गराउँदै सामान बिक्री गर्नुपर्ने, सेनिटाइजर वा हातधुने साबुनपानी अनिवार्य राख्नुपर्ने भनिएको छ । 

अनावश्यकरुपले हिँडडुल, भीडभाड गरेको तथा बिनापास सवारी चलाएको पाइएमा तत्काल पक्राउ गरी कारबाही चलाउने जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए । 

उदयपुरमा समुदाय तथा सरकारी कार्यालयमासमेत कोरोना संक्रमण देखिएपछि अवस्था जटिल बन्दै गएको छ । हालसम्म उदयपुरमा संक्रमितको संख्या एक सय पाँच पुगेको छ । 

समुदायस्तरमै कोरोना देखिएपछि प्रशासनले रोकथाम तथा नियन्त्रणको यस्तो कदम चालेको हो । निषेधाज्ञकाबीच संक्रमितको परिवार तथा अन्य कन्ट्रयाक ट्रेसिङका आधारमा मानिसको स्वाब परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।        
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.