एक कोरोना संक्रमित : काठमाडौंमा उपचार नपाएपछि जो गाउँ फर्किए

एक कोरोना संक्रमित : काठमाडौंमा उपचार नपाएपछि जो  गाउँ फर्किए

सिन्धुली : उपचार नपाएपछि सिन्धुलीका एकजना कोरोना भाइरस (कोभिड-१९) संक्रमित गाउँ फर्किएका छन्। जिल्लाको तीनपाटन गाउँपालिका ९ रिठ्ठेका ७५ वर्षीय वृद्ध पुरुष उपचार नपाएपछि गाउँ फर्किएका हुन्। स्वास्थ्यमा समस्या आएपछि ती वृद्धलाई आफन्तले गएको १६ गते काठमाडौं लिएर गएका थिए।

उनको उपचारका क्रममा गत बिहीबार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा पीसीआर परीक्षण गराउँदा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसपछि काठमाडौंका अस्पतालले वृद्धको उपचार गर्न नमानेपछि उनका छोराले कोरोना लागेको छैन भन्दै झुक्याएर घरमा ल्याएको टिनपाटन टाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए। उनले भने, 'काठमाडौंका अस्पतालले उपचार नगरिदिएपछि उनलाई छोराले ट्याक्सी रिजर्भ गरेर 
शुक्रबार बिहान तीन बजेनै घर ल्याएका रहेछन्।उनको सुरक्षा र स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मी र प्रहरीको टोलीलाई पठाइएका छौं।' सिन्धुलीमा आइसोलेसन बेडसमेत अभावका कारण एक दिन घरमै सुरक्षित राख्ने र शनिबार मात्र उपचारका लागि जिल्ला सदरमुकाम ल्याउने तयारी गरिएको पनि अध्यक्ष थापाको भनाई छ।

कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई गाउँमा ल्याएको भन्दै स्थानीय त्रसिद भएका छन्। उक्त वृद्ध उपचारका लागि  तीनपाटनबाट साउन १५ गते दुधौली नगरपालिका ४ डकाहमा १५ गते गइ बसेको समेत खुलेको छ। उनी बसेको डकाह बजार सिल गरेर राखिएको इलाका प्रहरी कार्यालय डकाहका प्रमुख सुगन्ध श्रेष्ठले बताए। उता कोरोना संक्रमित वृद्धको उपचार नभएपछि गाउँमा ल्याइएको विषय आफूलाई जानकारी नभएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.