पोखरामा आज रातिदेखि निषेधाज्ञा, एक संक्रमितको मृत्यु

पोखरामा आज रातिदेखि निषेधाज्ञा, एक संक्रमितको मृत्यु

पोखरा : पोखराको एक निजी अस्पतालमा मृत्यु भएकी तनहुँकी एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तनहुँबाट उपचारका लागि ल्याइएकी ५० वर्षीया महिलाको सोमबार राति मृत्यु भएको हो । 

मंगलबार बिहान उनमा कोरोना पुष्टि भएको थियो । पहिल्यै स्वाब संकलन गरिएकी उनको मृत्यु भइसकेपछि  रिपोर्ट पोजिटिभ आएको हो । तनहुँको व्यास नगरपालिकाकी उनी उपचारका लागि ३२ साउनमा पोखरा आएकी थिइन् । आमालाई लिएर आएकी उनकी २५ वर्षीया छोरीमा पनि कोरोना पुष्टि भएको छ । ती महिलाको मृत्युपछि गण्डकीमा कोरोना भाइरस संक्रमितको मृत्यु संख्या ६ पुगेको छ । यसअघि स्याङ्जाका २ र कास्की, गोरखा, बागलुङका १÷१ जनाको मृत्यु भएको थियो । 

पोखरामा पछिल्लो समय कोरोना संक्रमतिको संख्या बढिरहेको छ । १५ जनामा मंगलबार कोरोना पुष्टि भएको हो । यससँगै प्रदेश राजधानी सहर पोखरामा कोरोना भाइरस रोग फैलन नदिन मंगलबार राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा घोषणा भएको छ । 

सिडिओ संयोजकत्वको जिल्ला संकट व्यवस्थापन समितिको मंगलबार बिहानको बैठकले जिल्लाभर नै ७ भदौसम्मलाई निषेधाज्ञा गर्ने निर्णय गरेको हो । उक्त जानकारी जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी तथा सहायक सिडिओ श्रीनाथ पौडेलले दिए ।  

यसअघि सोमबार पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ संयोजकत्वको संकट व्यवस्थापन समितिले निषेधाज्ञाको सिफारिस जिल्लालाई गरेको थियो । मेयर मानबहादुर जिसीसमेत सहभागी रहेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले महानगरपालिकाको उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको हो । ‘हामीले माग गरेअनुसारै निषेधाज्ञा गर्ने निर्णय भएको छ’, मेयर जिसीले अन्नपूर्णसित भने । निश्चित खाले पसलहरुमात्रै निषेधाज्ञामा खोल्ने दिइने जानकारी पनि मेयर जिसीले दिएका छन् । 

सर्वसाधारणलाई समयसमेत दिने गरी मंगलबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा गर्नेबारे अधिकारीबीच सोमबारै सहमति भएको थियो । ‘सर्वसाधारणलाई पनि समय दिनुप¥यो, फेरि महानगरसँग प्रहरी सेना पनि हुँदैन निषेधाज्ञा कार्यान्वयन गर्न, त्यसैले आफैले घोषणा नगरी जिल्लालाई सिफारिस गरेका थियौं’, उनले भने । 

पोखरामा कोरोना संक्रमित मंगलबार १५ जना थपिएसँगै बिरामीको संख्या २१९ पुगेको छ । आइतबार २२ जनामा कोरोना पुष्टि भएको थियो । अघिल्लो दिन शनिबार १२ जना संक्रमित भेटिएका थिए । पोखरामा संक्रमितमध्ये १ सय १५ जना निको भएका छन् । पोखराकै स्थानीय १ जनाको मात्रै मृत्यु भएको छ । प्रदेशभरचाहिँ कोरोनाबाट मृत्यु भएकाको संख्या ६ छ । 

गण्डकी प्रदेश सरकारले कोभिड रोकथामका लागि बनाएको संकट व्यवस्थापन समितिको पनि सोमबार बैठक बसेको थियो । बैठकले आवश्यकता हेरी आवातजावतमा कडाइ गर्न सक्ने निर्णय गरेको छ । प्रदेशका सबै जिल्लामा बुधबारदेखि हिँड्डुलमा कडाइ गर्ने समितिको निर्णय छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार अपरान्ह बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले गण्डकी प्रदेशका सबै जिल्लामा कडाइ गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.