युट्युबले फेरिदिएको जीवन : निरक्षर हजुरआमा कसरी बनिन् स्टार ?

युट्युबले फेरिदिएको जीवन : निरक्षर हजुरआमा कसरी बनिन् स्टार ?

नयाँदिल्ली : डिजिटल दुनियाँमा लुकेका प्रतिभाहरु युट्युब वा अनलाइनका अन्य माध्यमबाट रातारात चर्चामा आउनु अनौठो कुरा हैन ।

दक्षिण भारतको ग्रामिण भेगकी एक वृद्धा गंगाभा मिलकुरी पनि युट्युबमा निकै लोकप्रिय छिन् । तर उनी तपाइँले सोचे जस्तो ठेट युट्युब स्टार भने हैनन् । आठ नातीनातिनाकी हजुरआमा मिलकुरीलाई आफ्नो उमेर पनि यकिन छैन । तेलंगनाको सानो गाउँ लाम्बादिपल्लीमा हुर्किएकी उनी अहिले ‘माइ भिलेज शो’ युट्युब च्यानलकी स्टार नै हुन् । जसलाई १० लाख ५० हजारले त सब्सक्राइब गरेका छन् ।

खासमा यो च्यानल २०१२ मा गंगाभाका ज्वाइँ श्रीकान्त श्रीरामले सुरु गरेका थिए । जो आफैँका एक फिल्म मेकर हुन् । लेखक, एडिटर, क्यामेरा पर्सन सहित ९ जनाको उनको टीमले गाउँले संस्कृति र ग्रामिण परिवारको जीवनशैलीको बारेमा भिडियो बनाउने गथ्र्यो ।

गंगाभालाई भने श्रीरामले शो सुरु गर्नुअघिसम्म युट्युबबारे केही जानकारी थिएन । ‘उनी गाउँका बोटविरुवा र रुखबारे भिडियो खिचेर बस्थे । म सोच्थेँ कि, यो केटा भिडियो खिचेरै किन समय खेर फाल्दैछ ? तर मैले कहिल्यै पनि उनको भिडियोमा म पनि आउँछु भन्ने सोच्दै सोचिन,’ गंगाभाले भनिन् ।

गंगाभा सुरुका भिडियोमा आगन्तुकको रुपमा मात्रै देखिन्थिन् । २०१७ पनि उनी अली धेरै देखिन थालिन् । श्रीराम भन्छन्, ‘उनी क्यामेराको अगाडि ज्यादै स्वभाविक देखिन्छिन् ।’ भिडियोमा आउनुअघि क्र्यूले गंगाभालाई स्क्रिप्टबारे व्याख्या गरेर सुनाउँछन् । र उनी त्यसै गर्छिन् । खासमा उनी निरक्षर भएकाले पनि यसो गर्नुपरेको बताउँछन् श्रीमार ।

गंगाभा सुनाउँछिन्, ‘मलाई लाग्छ कि, मानिसहरु मैले बोल्ने तरिका मन पराउँछन् । म उक वृद्धा केटी हुँ, तिमीलाई थाहा छ, र म शिक्षित छैन ।’ युट्युब स्टार हुनुअघि गंगाभाको जीवन त्यति सहज थिएन । उनले एक कक्षामै स्कुल छाड्नु परेको थियो । उनी खेतीपाती गर्थिन् । र परिवारलाई सघाउन सिगरेट बेर्ने काम पनि गर्थिन् ।

‘मेरा पति एक जँड्याहा थिए, त्यसैले मैले दुई छोरी र छोरा पाल्नका लागि कडा परिश्रम गर्नुपथ्र्यो,’ गंगाभा सुनाउँछिन् । जब उनी ‘माइ भिलेज शो’ मा आउन थालिन् उनको जीवन नै बदलिन थाल्यो । यससँगै खासै चर्चामा नरहेको उक्त युट्युब च्यानल पनि ह्वात्तै चर्चित बन्यो । युट्युबको लोकप्रियता यति तीव्र रुपमा बढ्यो कि, यसका भिडियो ट्रेन्डिङमा पर्न थाले ।

भारतमा पछिल्लो समय युट्युबका दर्शक तिव्र रुपमा बढ्न थालेका छन् । हरेक महिना साढे २ करोड भन्दा धेरै सक्रिय दर्शक बढ्ने गरेको एसिया प्यासिफिकका प्रवक्ता तु ग्युएन बताउँछिन् ।

‘सबै भाषाको पृष्ठभुमि भएका सर्जकहरुको दर्शक खोज्ने यो एक प्लेटफर्म हो,’ ग्युएन बताउँछिन् । युट्युब च्यानल ‘माइ भिलेज शो’ले २०१९ मा नै १० लाख सब्सक्राइब पुर्याएकोमा युट्युबबाट गोल्डेन प्लेक अवार्ड पायो ।

उक्त समूहको एउटा भिडियो त ३ करोड भन्दा बढी दर्शकले हेरेका थिए । गंगाभाले भने अहिले इन्स्टाग्राम पनि चलाउन थालेकी छन् । जहाँ उनलाई ४१ ह्जार भन्दा धेरैले फलो गरेका छन् । पछिल्लो समय उनको अभिनय कौशल ठूलो पर्दामा समेत देखिन थालेको छ । २०१९ मा मात्रै उनले दुईवटा तेलुगु भाषी फिल्ममा अभिनय गरिन् ।

उनी आफ्नो गाउँको आसपासका छिमेकी गाउँ भन्दा पर पुगेकी छैनन् । अभिनय गर्न थालेपछिको अनुभव सुनाउँछिन् उनी, ‘मलाई क्यामेरा अघि आउन मन पर्छ, मलाई अभिनय मन पर्छ, समग्र भारतका मानिसले मैले गरिराखेको काम हेरिराखेका छन् भन्ने थाहा पाउँदा मलाई राम्रो लाग्छ ।’

रोचक त के भने, उनी अचेल अभिनय मात्रै हैन, आफ्ना फ्यानसँग सेल्फी खिच्न पनि व्यस्त हुन्छिन् । यतिसम्म कि, बलिउड र साउथ मुभिका स्टार कलाकारहरु समेत उनीसँग सेल्फी खिच्न मोहित हुन्छन् ।

उनी संलग्न युट्युबले अचेल राम्रो विज्ञापनसँगै आम्दानी पनि गर्न थालेको छ । यससँगै उनको पनि कमाइ बढ्दो छ । अब भविष्यमा उनी एउटा घर बनाउने आशामा छिन् । श्रीराम र गंगाभाले युट्युबबाट आएको नाफा गाउँकै विकासका लागि खर्च गरिरहेका छन् । गाउँमा सबैको सहज पहुँचमा हुने गरी आफ्नै प्रोडक्सन अफिसमा एउटा पुस्तकालय समेत बनाइसके ।

‘युट्युबले हरेकको जीवन परिवर्तन गर्दैछ । यदी मान्छेहरुले यसलाई राम्रो कामको लागि उपयोग गरे भने, हरेक मानिस स्टार बन्न सक्छ । हरेकले उसको जीवनको वास्तविक समस्या समाधान गर्न सक्छ । प्रविधिले हाम्रो गाउँका मानिसको जीवन पनि बदलिदिएको छ,’ श्रीरामले सुनाए ।

-सिएनएनबाट
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.