प्लाज्मा थेरापी : उदयपुरका २३ जना कोरोना संक्रमितको रक्त समूह छुट्याइयो

प्लाज्मा थेरापी : उदयपुरका २३ जना कोरोना संक्रमितको रक्त समूह छुट्याइयो

उदयपुर : कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी तयारी अवस्थामा राख्न उदयपुरमा आइतबार एकै दिन २३ जना कोरोना भाइरसका संक्रमितको ब्लड ग्रुप (रक्त समुह) छुट्याइएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयबाट गएको प्राविधिक टोलीले कोरोना उपचार केन्द्र बेल्टारमा रहेका सबैको रक्त समूह छुट्याइएको हो । टोलीले सोमबार कोरोना भाइरस इपिसेन्टर बनेको त्रियुगा नगरपालिका ३ भुल्के क्षेत्रका संक्रमणबाट निको भएकाको रगत लिइ समूह छुट्याउने तयारी गरेको स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए । 

संक्रमितको उपचारमा सहज बनाउन कार्यालयले आइतबारदेखि जिल्लाका सबै संक्रमित र निको भएर घर फर्केकाहरुको ब्लड ग्रुपको विभाजन गर्न थालको हो । संक्रमण दिनदिनै बढ्दै जाँदा संक्रमितको उपचारका लागि रगतको जटिलता देखिएपछि कार्यालयले पहिलोपटक रगत समूह छुट्याउन सुरु गरेको सुवेदीले बताए ।

उनले भने, 'संक्रमितको प्लाज्मा थेरापी गर्नुअघि कोरोना निको भएका बिरामीको रगत नै चाहिने भएकाले तयारी अवस्थामा रहन सबैको ब्लड ग्रुप छुट्याउन थालिको हो ।' उनले पहिलोचरणमा आइतबार कोभिड उपचार केन्द्र बेल्टारमा रहेका २३ जना बिरामीको रक्त समूह रगत संकलन गरेको र दोश्रो चरणमा सोमबारदेखि निको भएर घर फर्किएकाहरुको छुट्याउन सुरु गरिएको बताए । 

गत शुक्रबार जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले प्लाज्मा दान गर्नका लागि आवश्यक गृहकार्यसहित तयारी थाल्ने निर्णय भएअनुसार रक्त समूह छुट्याउने कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । 

स्वास्थ्य कार्यालयले संक्रमित बिरामी र निको भएकाहरुको विवरण अद्यावधिक गर्ने र आवश्यक परेको अवस्थामा संक्रमित बिरामीको उपचारका लागि स्वेच्छिकरुपमा प्लाज्मा दान गर्न सहमत भएका व्यक्तिको विवरण अद्यावधिक गरी सुरक्षित राख्ने निर्णय भएको प्रजिअ पाण्डेले बताए । 

प्लाज्मा थेरीपी गर्न कोरोना संक्रमित भएर निको भएका व्यक्तिहरुको मात्र रगत आवश्यक पर्ने बीपी प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख प्रा.डा. संजिवकुमार शर्माले बताए । कोरोना निको भएका व्यक्तिको शरीरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन हुने भएकाले प्लाज्मा छुट्याएर संक्रमित बिरामीलाई प्लाज्मा चढाउने गरिन्छ ।                        
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.