गर्भवती र सुत्केरी खोज्दै उपमेयर

गर्भवती र सुत्केरी खोज्दै उपमेयर

उदयपुर : सधै आवश्वासन मात्र बोकेर गाउँघर पुग्ने जनप्रतिनिधि यसपटक भने पोषिलो खाने कुरा लिएर आउँदा कटारी नगरपालिका ३ कि मायावती सदा निकै खुशी भइन् । आम्दानीको स्रोत टुटेपछि पोषिलो खानेकुराबाट बञ्चित भएकी उनलाई उपमेयर भिमकुमारी राउतले एक झोला खानेकुरा घरमै पुगेर दिँदा निकै खुशी भइन् । 

भनिन्, 'दिदी नगरपालिकाले यस्तो पनि बाँडछ र ? चुनावको बेला आश्वसन बाँड्दै भोट माग्ने नेताहरु कहिले काहीँ विकास लिएर आउँछन्, तर खानेकुरा नै बोकेर आएको पहिलो पटक देखे ।’ कोरोना भाइरसका कारण घरमुली र अन्य सदस्य कामविहीन भएर घरमै बस्नुपर्दा पोषिलो खानेकुराबाट बञ्चित भएको गुनासो पोखिन् । 

'अलिक अघिसम्म म, मेरो बुढा र अन्य छोराछोरीले काम गरेर दुई/चार रुपैयाँ कमाउँदै थियौँ, यो बेला त केही आम्दानी छैन्, दुई छाक टार्न सकिएको छैन्, कहाँबाट पोषिलो खानेकुरा खानु ?’ सदाको प्रश्नको जवाफ दिँदै उपमेयर राउतले भनिन्, ‘तपाई ११ दिनको सुत्केरी हुनुहुन्छ भन्ने खबर पाएँ, तपाईजस्तै अरु पनि खोज्दै छु, कोरोनाकाकारण समस्या भयो भन्ने ठानेर पोषिलो खानेकुरा ल्याइदिएको हो ।'

त्यसो त सदा मात्र हैन् वडानं ११ की गर्भवती कविता कार्की, १३ कि सुत्केरी नन्दकुमारी श्रेष्ठ, विमला जोगी, दिलकुमारी खड्का, बालकुमारी सार्कीलगायतलाई पनि उपमेयर राउतले घरमै पुगेर पोष्टिक खानेकुरा दिइन् । यस्तो संकटको बेला उपमेयरले घरमा खानेकुरा ल्यादिनु हुन्छ भन्ने कसैले पनि सोचेका थिएनन् ।राउत अकास्मत झोला भरी सामान लिएर घर घर पुगेको देखेपछि उनीहरुमा खुशी छाएको छ ।

कतिपयलाई घरमा नभेटेपछि कार्यक्रम नै बनाएर वडा कार्यालयबाट वितरण गरेको राउतले बताइन् । त्यसक्रममा उपमेयरले अधिकांशका श्रीमान दैनिक ज्यालादारीमा काम गर्दै आएको र लकडाउनका कारण रोजगारविहीन भएको धेरैले गुनासो पोखेको बताइन् । 

उनले भनिन्, 'एकजनाको भरमा परिवार पालिएको पनि भेटियो, त्यो पनि काम गर्न पाएको छैन्, परिवारकै विजोक देखियो ।' लकडाउनका कारण पोषिलो खानेकुरा त परै जा‍ओस बेलुका छाक टार्ने चामलसमेत पाएका छैनन्।

नगर क्षेत्र भित्रका गर्भवती र सुत्केरी महिलालाई लक्षित गरी उपमेयर राउतले अभियान नै सञ्चालन गरेर पोषिलो खानेकुरा बाँढेकी हुन् । पोषिलो खानेकुराको अभावमा जन्मने बच्चा कुपोषित हुने, स्वयंमको शक्तिमा कमी हुने समस्या देखिएकाले उनीहरुलाई सहयोग गरेको उनले बताइन् । 

कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा लकडाउनको समयमा सुत्केरी र गर्भवती महिलालाई पोषणको अभाव हुन नदिन कटारी नगरपालिकाले पोषिला खानेकुरा वितरण गरेको उनले बताईन् । नगरपालिकाले पोषण कार्यक्रम अन्तर्गत पोषण सुधारका लागि नगरपालिका भित्रका पाँच सय जना सुत्केरी र गर्भवती महिलालाई पोषिलो खानेकुरा वितरण गरेको राउतले बताइन् । 

उनीहरुलाई चामल, गेडागुडी, खाने तेल, ज्वानो, साबुन, नुन, घ्यू, झोला र सेनिटरी प्याड वितरण गरिएको उपमेयर राउतले बताईन । ‘महामारीको बेला पोषिला खानेकुराको अभाव हुन सक्ने भएकाले नगरपालिकाको प्रत्येक वडामा आफै सहभागि भै पोषण प्याकेज वितरण गरेका हौं,' उपमेयर राउते भनिन् ।

नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले कोरोना भाइरसको प्रत्यक्ष मर्कामा गर्भवती, सुत्केरी र वृद्धवृद्धा रहेकाले उनीहरु लक्षित कार्यक्रम सञ्चालन गरिएको उनले बताए । श्रेष्ठले भने, 'नगरपालिकाले समग्रमा राहत वितरण गरेको भएपनि सुत्केरी र गर्भवतीलाई राहतले मात्र नहुने भएकाले उपमेयरलाई पोषण कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिइ वितरण थालिएको हो ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.