सामान्य बन्दै स्याङजा : संक्रमित निको भएसँगै खाली हुँदै आइसोलेसन कक्ष

सामान्य बन्दै स्याङजा : संक्रमित निको भएसँगै खाली हुँदै आइसोलेसन कक्ष

स्याङजा : कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्याङ्जा अहिले सामान्य बन्दै गएको  छ । संक्रमित उपचारपछि निको भएर घर फर्केने क्रम बढेसँगै भरिभराउ आइसोलेसन कक्षहरु खाली भएका छन् । 

कुनै बेला ६२ जनासम्म आइसोलेसनमा राखेर उपचार गरेको कालिका सामुदायिक अस्पतालमा अहिले कोरोना संक्रमित छैनन् । भीरकोटस्थित सो अस्पतालमा बुधबार साँझदेखि कोरोना संक्रमित बिरामीको संख्या शून्य रहेको भीरकोट नगरप्रमुख छाँयाराम खनालले जानकारी दिए । 

कोरोना संक्रमित बढ्न थालेपछि जेठको दोश्रो साता कालिका सामुदायिक अस्पतालमा ६० शैयाको आइसोलेसन कक्ष तयार पारिएको हो । गण्डकी प्रदेश सरकार र स्थानीय पालिकाको समन्वयमा आइसोलेसन कक्ष बनाइएको थियो।

पहिलो पटक जेठ १६ गते ४ जना संक्रमितको उपचारमा संलग्न अस्पतालले असारको १३ गते ६२ जना संक्रमितको उपचार गरेको जनाएको छ । अस्पतालका कार्यकारी अधिकृत छाँयादत्त रेग्मीले भने, 'पछिल्लो पटक साउन ९ मा अस्पतालमा उपचाररत संक्रमित १० जनाले कोरोना जितेर घर फर्केसँगै अस्पतालमा अहिले संक्रमित कोही छैनन् ।'

पछिल्लो पटक घर फर्किनेमा पुतलीबजार १३ का समुदायका ८ जना, प्रहरी एकजना र हरिनासका एक युवा हुन् । ती मध्ये ६ महिला र ४ पुरुष छन् । कोरोना संक्रमित दिनदिनै बढेसँगै कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा भरिभराउ थियो । आइसोलेसनमा राखिएका संक्रमित १ सय ७१ जनालाई नै निको बनाएर घर फर्काउन पाउनु सुखद क्षण रहेको अधिकृत रेग्मीको भनाइ छ । 

आजसम्म जिल्लामा ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये ३ सय ३ जना निेको भएर घर फर्केका छन् । अब, ५ जना मात्र आइसोलेसनमा छन् । पोखरामा उपचारका क्रममा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । पुतलीबजारको करेण्डाँडा स्वास्थ्य चौकीमा ३ जना र वालिङ्मा २ जना संक्रमित उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी  दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.