रुकुममा थप चारजनालाई कोरोना पुष्टि

रुकुममा थप चारजनालाई कोरोना पुष्टि

रुकुम : रुकुम पश्चिममा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा आइतबार मुसिकोट नगरपालिका वडा नम्बर ७ का ३ जना पुरुष र १ महिलामा संक्रमन पुष्टि भएको हो ।

गत साउन ९ गत्ते मुसिकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयबाट १ सय २४ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा चारजनामा संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए । उनका अनुसार १ सय २० जनाको भने रिपोर्ट नगेटिभ आएको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६४ पुगेको छ । थपिएका चार संक्रमितसहित अब जिल्लामा ३४ सक्रिय संक्रमित रहेका छन् । नयाँ संक्रमितहरुको कुनै ट्राभल हिस्ट्री नभएको पनि उनको भनाइ छ । पछिल्लो समय मुसिकोट नगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमन फैलिरहेको छ । 

नयाँ संक्रमित चारैजनालाई आइसोलेसनमा राख्ने तयारी भइरहेको मुसिकोट नगरपालिकाले जनाएको छ । उनीहरूलाई वडा नम्बर १ सल्लेस्थित राप्ती समाज अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरविर खड्काले जानकारी दिए ।

यसैबीच आइतबार जिल्ला अस्पतालको आइसोलेन बाट दुईजना संक्रमितलाई डिसचार्ज गरिएको छ । कोरोना संक्रमित भएर आइसोलेसनमा बसेको १४ दिन पुरा भएपछी वडा नम्बर ४ का १ पुरुष र वडा नम्बर १ की एक महिलालाई डिजचार्ज गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यस सँगै जिल्लामा कुल संक्रमित मध्ये ३० जना उपचारपछि स्वस्थ भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.