कोरोनाबाट वीरगन्जमा मृत्यु भएका दुई पुरुषको शव रौतहटमा व्यवस्थापन

रौतहट : उपचारको क्रममा वीरगन्जमा मृत्यु भएका रौतहटका दुईजना कोरोना संक्रमितको नेपाली सेनाले शव व्यवस्थापन गरेको छ । युमुनामाइ गाउँपालिका ३ राजपुरका ४० वर्षीय पुरुषको शव तथा मौलापुर ३ का ३० वर्षीय पुरुषको शव व्यवस्थापन गरीएको हो ।
यमुनामाइका ४० वर्षीय पुरुष मधुमेह, ज्वरो र पखाला रोग लागेपछि अस्पताल पुगेको थिए । उनको आइतबार बिहान मृत्यु भएको हो । नेपाली सेनाको शव व्यवस्थापन टोलीले प्रहरी र मृतकका आफन्तको रहोवरका राजपुर नजिकैको खाली जमिनमा शव व्यवथापन गरेको छ ।
यस्तै शनिबार साँझ वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा मृत्यु भएका मौलापुर नपा ३ गम्हरीयाटोलका ३० वर्षीय पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।उनी भदौ ७ गते उपचारको लागि वीरगंज गएका थिए । भदौ १३ गते शनिबार उनको मृत्यु भएको थियो । उनको शव गम्हरीयाटोल नजिकै खाली जमिनमा व्यवस्थापन गरिएको छ ।
अन्तिम सम्मानसहित तालिम प्राप्त टोलीले कोरानो भाइरस संक्रमणबाट मृत्यु भएका दुवैको शव व्यवस्थापन गरेको इन्द्रबक्स गण गौरले जानकारी दिएको छ । कोरोना संक्रमणबाट आइतबारसम्म रौतहटका ५ जनाको मृत्यु भइसकेको छ ।
१४ सय १० जनाले कोरोना जीतेका छन । एकसय ८५ जना संक्रमित आइसोलेसनमा छन् । ५ सय ६६ जनाको पीसीआर रिर्पोट आउन बाँकी छ । जिल्ला प्रशासन कार्यालय रौतहटले असार २४ गते बाट जारी गरेको निषेधाज्ञा भदौ २१ सम्म थपेको छ ।
प्रतिक्रिया दिनुहोस !
