सर्वत्र विरोध पछि मेची अस्पतालको नयाँ भवनमा सारियो कोरोना अस्पताल

सर्वत्र विरोध पछि मेची अस्पतालको नयाँ भवनमा सारियो कोरोना अस्पताल

झापा : मेची प्रादेशिक अस्पतालको नयाँ भवनमा कोभिड १९ का संक्रमितको अलग्गै उपचार सुरु हुने भएको छ ।अस्पतालले एउटै भवनमा संक्रमित र अन्य बिरामी राखेर उपचार गर्दै आएको विषयमा स्थानीयको चर्को विरोध आएपछि अस्पतालको नवनिर्मित भवनमा आइसोलेसन सेन्टर बनाइएको हो । 

कोभिड संक्रमित राख्ने र ओहोरदोहोर गराउने ठाउँ एउटै भएको भन्दै स्थानीयले बाटबारम्बार गुनासो आइराखेपछि अस्पतालले कोभिड संक्रमितको उपचार अलग्गै भवनमा गराउन सुरु गरेको हो । मेची अस्पतालका सूचना अधिकारी मनोज पोख्रेलका अनुसार सोमबार प्रदेश राज्यमन्त्री जसमायाग जमेरको अनुगमन र अवलोकनपछि मात्र बिरामी उक्त भवनमा सारेर उपचार सुरु गरिने छ । 

पोख्रेलका अनुसार नयाँ भवनमा बिरामी राख्ने सबै तयारी पूरा भइसकेको छ । नेपाली सेनाले उपचार केन्द्रको सुरक्षा तथा व्यवस्थित पार्ने जिम्मेवारी लिएको उनले बताए । संक्रमितको उपचारका लागि अस्पतालका फिजिसियन डा. गोविन्द कँडेलको संयोजकत्वमा ८ सदस्य समिति गठन भएको छ । समितिमा आवद्ध चिकित्सकको टोलीले नै संक्रमित बिरामीको उपचार गर्ने छन् । 

अस्पतालको योजना ७५ बेडको उपचार केन्द्र बनाउे भएपनि अहिले तत्कालका लागि ५० बेड तयार भइसकेको छ । बाँकी पनि छिटै तयार हुने मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले बताए । अस्पतालकै पुरानो भवनमा बनाइएको आइसोलेसन वार्डमा गत साउन १९ गतेदेखि कोरोना संक्रमण पुष्टि भएका बिरामी राखेर उपचार सुरु गरिएको थियो । त्यसपछि नै अस्पतालमा अन्य उपचारका लागि जाने बिरामीको संख्या ह्वातै घटेर अस्पतालमा अन्य रोगका बिरामी आउने संख्या करिब शुन्य नै थियो । 

जिल्लाको एक मात्र सरकारी अस्पतालमा कोरोना संक्रमित बिरामी राखिएपछि संक्रमण फैलिन सक्ने त्रासकै कारण गरिब तथा असहाय बिरामी जान छाडेपछि चौतर्फी आलोचना सुरु भएको थियो । कोभिड अस्पताल अन्यत्र सार्ने विषयमा नेपाली कांग्रेस जिल्लाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै कोभिड-१९ उपचार केन्द्र अन्यत्र सार्न माग राख्दै व्यापक विरोध आएको थियो।

एउटै भवनमा कोभिड र अन्य बिरामी राख्दा सर्वसाधारण बिरामी अस्पताल आउन डराएको भन्दै विभिन्नपक्षबाट पनि निरन्तर दबाब आएपछि नयाँ भवन रातारात तयार पारिएको हो । हालको नयाँ भवन पुरानो अस्पतालको भवनबाट सय मिटरको दूरीमा छ ।

हाल अस्पतालको पुरानो भवनमा रहेको आइसोलेसन भने नहटाइने भएको छ । अलिक बढी लक्षण देखिएका बिरामीलाई पुरानै आइसोलेसन कक्षमा राखेर नै उपचार गरिने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.