भक्तपुर क्षेत्र नम्बर १ का सांसद प्रेम सुवाललाई कोरोना

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पार्टीका एक संक्रमित कार्यकर्ताको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा उनलाई संक्रमण पुष्टि भएको हो। उनी संघीय संसदमा भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसदसमेत हुन्।
उनको स्वाब यहीं भाद्र १५ लिइएको थियो। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा उनको स्वाब लिइएको थियो। जसको रिपोर्ट शनिबार पोजिटिभ आएको केन्द्रले जनाएको छ।
हाल उनी घरमै आइसोलेसनमा बसेका छन्। स्वाब दिएदेखि आफू होम आइसोलेसनमा बसेको उनले बताएका छन्। स्वास्थ्य कार्यालय भक्तपुरले उनको कन्ट्याक्ट ट्रेसिङ र यात्रा विवरण (ट्राभल हिस्ट्री) लिने कार्य भइरहेको जनाएको छ।
भाद्र ११ गते भक्तपुर नपा ४ स्थित नेमकिपाका एक कार्यकर्तामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। उनी स्थानीय एक सहकारीका प्रबन्धकसमेत हुन्। उनैको कन्ट्याक्ट ट्रेसिङमा परेर शंका लागि नेमकिपा सचिव सुवालले कोरोना परीक्षण गराएका थिए।
प्रतिक्रिया दिनुहोस !
