डोल्पामा जीप दुर्घटना, ५ घाइते, ३ गम्भीर

डोल्पा : डोल्पामा जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । त्रिपूरा सुन्दरी नगरपालिकाको खदाङबाट वडा नम्बर ५ को फुल्चीङ जाने क्रममा लु १ च ४२२९ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेमा त्रिपूरा सुन्दरी नगरपालिका ५ वर्षीय २४ रामबहादुर रोकाया सोही वडाका २५ वर्षीय नरबहादुर रोकाया, वडा नम्बर ६ का १३ वर्षीय लोकचन्द्र बिक, २६ वर्षीय हिरा बिक र २५ वर्षीय निमा पुन रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
डीएसपी रञ्जितकारका अनुसार घाइतेहरुको उद्धार गरी सबैलाई जिल्ला अस्पताल ल्याउँदै गरिएको र चालक रामबहादुर रोकाया,लोकचन्द्र विक र नरबहादुर रोकायाको अवस्था भने गम्भीर रहेको बताए । प्रहरीले उद्धार गरी घाइतेहरुलाई जिल्ला अस्पतालमा पठाएको हो।
दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। डोल्पा राष्ट्रिय सडकमा जोडिए पनि कच्ची सडकका कारण दुर्घटना हुने गरेको हो।
प्रतिक्रिया दिनुहोस !
