बेपत्ता भएको चार दिनपछि बालकको शव भेटियो

बेपत्ता भएको चार दिनपछि बालकको शव भेटियो

रुकुम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा बेपत्ता भएको चार दिनपछि बालकको शव फेला परेको छ। गाउँपालिका-६ मग्माका लालबहादुर कुसारीका १० वर्षीय छोरा खिमबहादुर कुसारीको सोमबार स्थानीय रेरे खोलामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनी भदौ १९ देखि देखि खोलामा बेपत्ता भएका थिए। बाख्रा चराउन जंगल गएका खिमबहादुर रेरे खोलामा बेगर बेपत्ता भएपछि स्थानीय र प्रहरीले खोजी गर्दै आएको थियो। खोजतलास गर्ने क्रममा सोमबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले जानकारी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.